१२ श्रावण २०८१, शनिबार
Logo

पिउने पानीको समस्या अन्त्य भए पछि स्थानिय हर्षित , सिडिसि नेपालले शिवपुरी गा .पा मा २३ योजना सम्पन्न गर्यो ।

सामुदायीक बिकाश केन्द्र नुवाकोटले समुदायमा संचालन गरि रहेको वास कार्यक्रम अन्तगर्त नुवाकोटका बिभिन्न स्थानिय तहहरुमा खानेपनी आयोजना अन्तर्गतको ट्यांकी निर्माण काम सम्पन्न गरेको छ । समुदायलाई हस्तान्तरणको चरणमा रहेको यो खानेपानी आयोजनाले स्थानिय नागरिकहरुले ठुलो राहत महशुस गरेका छन् ।

सस्थाले लिखु गाउपालीकामा २ वटा, पंचकन्या गाउपालीकामा २ वटा र शिवपुरी गाउपालीकामा २३ वटा खानेपानी आयोजनाको काम सम्पन्न गरेको छ । जसले बर्षौ देखी स्थानिय नागरिकहरुले भोग्नु परेको खाने पानी समस्याको अन्त्य भएको स्थानिय नागरिकहरुले बताउदै आएका छन् ।
सस्थाले यी २७ वटा आयोजनाबाट ११ हजार ६ सय ७० लाभान्वीत भएको बताइएको छ । खानेपानी आयोजनामा सुमुदायका नागरिकहरुले २० प्रतिशत लगानी गरेका छन् भने बाकी रकम सम्बन्धीत पालीका र सामुदायीक बिकाश केन्द्रको वास परियोजनाले खर्च गरेको सस्थाका निर्देशक बिष्णु राज नेपालले बताउनु भयो । यि २६ वटा खानेपानी आयोजना संचालन गर्न गाउपालीकाले ३९ लाख ,३९ हजार २ सय ३५ रुपैयाको योगदान गरेको र सामुदायिक बिकाश केन्द्र नुवाकोटले ३ करोड ५ लाख १७ हजार , नौ सय नौ रुपैयामा ति २७ वटा खानेपानी आयोजनाहरु लिखु गाउपालीकामा २ पंचकन्या गाउपालीकामा २ र शिवपुरी गाउपालीकामा २३ वटा खानेपानी आयोजना सम्पन्न गरेको सस्थाका निर्देशक नेपालले बताउनु भयो ।


समुदायमा कुलोको पानी खानु पर्ने बाध्यताको अन्त्य भएको, छरीएर रहेको खानेपानीको श्रोत ब्याबस्थापन गराई उपभोक्ताको आगनमा धारो आइपुेकोले नागरिकहरुले खुशी प्रकट गरेका छन् ।

५० हजार घन लिटर पानी बितरण हुने जलुके खानेपानी आयोजनाले शिवपुरी गाउपालीका वडा नं ८ का १६२ घरपरिवारले स्वस्च्छ खानेपानी पिउन पाएकोे स्थानिय उपभोक्त हरुले बताएका छन् । जस अन्तर्गत मरण घाट बिद्यालय र मन्दिरमा समेत धारा मार्फत पानी पुगेको बताइएको छ ।
त्यस्तै शिवपुरी गाउपालीका वडा नं ८ मा रहेको नुवार रुदुवा खानेपानी आयोजाको काम सम्पन्न भइ समुदायलाई हस्तान्तरण भए पछी स्वस्छ पिउने पानी पिउने पानी उपभोग गर्न पाएकोमा आफुहरु खुशी रहेको स्थानयि नागरिकहरुले बताउनु भएको छ । घण्टौ लगाएर खानेपानी लिन जान पर्ने बाध्यात्मक परिस्थीतीको अन्य भएको स्थानिय महिलाहरुले बताउनु भयो ।
अहिले स्थानयिको धारोमा बिहान ४ ः३० बजे देखी १० ३० सम्म र बेलुका ४ बजे देखी ७ः३० सम्म पानी आउने गर्छ । पानीको श्रोत संरक्षण, मर्मत तथा पानी खोल्नेबन्द गनेर्् ब्याक्तीको ब्याबस्थापनको लागी प्रतिपरिवार रकम संकलन गर्ने गरेको उपभोक्ता समितीहरुले बताएको छन् । शिवपुरी गाउपालीकामा संचालित जलुके खानेपानी योजना र नुवार रुदुवा खानेपानी समुदायलाई हस्तान्तरण भैसको र बाकी २५ वटा समुदायलाई छिटै हस्तान्तरण गरिने सिडीसि नेपालले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्