१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल निजामति कर्मचारी संगठन नुवाकोटको सपथग्रहण सम्पन्न

नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति नुवाकोटको पदाधिकारीहरुको बिहिबार सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
पुस्कर शर्मा रिमालको अध्यक्षतामा बनेको १३ सदस्यीय कार्यसमितीलाई निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदार प्रसाद देवकोटाले सामुहिक रुपमा सपथ ग्रहण गराउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष केदार प्रसाद देवकोटाले टे«ड युनिययनहरुको आन्दोलन ऐन ब्याबस्थापनको लागी रहेको बताउनु भयो । उहाले अहिले बनेको समितीले आफ्नो समीतीलाई सर्वंश्रेष्ट बनाउन तर्फ लाग्नु पर्ने बताउनु भयो । उहाले कर्मचारीहरु राष्ट्र प्रति बफादार र जिम्मेवार भएर काम गर्न सबैलाई आग्रह गर्नु भएको छ । त्यस्तै केन्द्रिय उपाध्यक्ष तथा वाग्मती प्रदेश इन्चार्ज सरणकुमार गुरुङले कर्मचारी समायोजनमा कर्मचारीले चित्त बुझाउन सक्ने अबस्था नरहेको बताउनु भएको छ । समायोजन भएर स्थानिय निकायमा जादै गर्दा कर्मचारीले पाउने सेवा सुबिधामा नै समस्या रहेको उहाले बताउनु भयो । प्रदेश इन्चार्ज गुरुङले अब कर्मचारीहरुको समस्या समाधान गर्दै संगठन बिस्तारमा लाग्ने प्रतिबद्धता गर्नु भयो ।
त्यस्तै नेकपा बाग्मति प्रदेश कमीटी सदस्य बृन्दा ढुङ्गानाले जिल्लामा रहेका कार्य समितिका पदाधिकारीहरु सरुवा भई अन्यत्र गएकोले रित्त रहेको कार्य समितिले लामो समयपछि पदाधिकारी पाएको भन्दै खुशी व्यक्त गर्नु भयो ।
जिल्ला कार्य समिति नुवाकाटका नव निर्वाचित अध्यक्ष पुस्कर शर्माले समस्त कर्मचारीहरुको हकहित र राज्यले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्न र सुशासन कायम गराउन प्रयत्न गर्ने प्रतिवद्धता गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्