१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउपालीकालाई भारतीय राजदुतावासको एम्बुलेन्स

नुवाकोटको तारकेश्वर गाउपालीकाको लागी भारतीय राजदुतावासले एउटा एम्बुलेन्स सहयोग गरेको छ । भारतीय राजदुतावाससगँ आज गाउपालीकाको सम्झौता गरिएको गाउ पालीकाका अध्यक्ष रमेश बहादुर वस्तीले जानकारी दिनु भयो । एम्बुलेन्स यही असोज १६ गते गाउपालीका आइपुग्ने छ ।
कोरोना भाइरस कोभिड १९ का कारण गाउपालीकाले निकै समस्या भोग्नु परेको बताउनदै अध्यक्ष वस्तीले अबका दिनमा गाउपाीकाका नागरिकहरुलाई सहज हिसावले सेवा गर्न सकिने बताउनु भयो । कोरोनाका कारण भारत लगाएत तेस्रो मुलुकमा रहेका आफ्ना पालीकाका नागरिकहरुलाई उद्धार गर्न निकै कठिन परिस्थीती रहेकोले अब भने गाउ पालीका र पालीकाका नागरिकहरुलाई अस्पताल पुर्याउन तथा कोरोना संक्रमितहरुलाई सहज हिसावले ब्याबस्थापन गर्न सजिलो हुने पालीकाले बताएको छ । पालीकाको आफ्नै एम्बुलेन्स नहुदा नुवाकोटका धेरै स्थानिय सरकारले चर्को रकम तिरेर आफ्ना नागरिहरुलाई उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्