ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

नुवाकोटमा रहेर साहित्यको क्षेत्रमा कलम चलाउँदै आउनुभएका नुवाकोटका सर्जकहरु विदुर नगरपालिका पिपलटारका रामकृष्ण गजुरेल अमर र बेलकोटगढी नगरपालिका दुईपिपलका करण तामाङका तीन कृति सार्वजनिक भएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठानले नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा सोमवार एक कार्यक्रमको आयोजना गरि रामकृष्ण अमरको आहुति र कोरोनाको यात्रा तथा करण तामाङ घलानको क्वारेनटाइन विमोचन गरेको हो । पुस्तकको विमोचन नेपाली कांग्रेस नुवाकोटका प्रवक्ता राजु थापा, नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक श्रीराम श्रेष्ठ र सर्जक तथा शिक्षक शिव सुन्दर पुडासैनीले गर्नुभएको थियो ।
रामकृष्ण अमरको आहुति बुसो कुसेकिका र कोरोनाको त्रास डोडोइट्सु संग्रह तथा तामाङको क्वारेन्टाइन डोडोइट्सु संग्रह रहेको छ । कार्यक्रममा विभिन्न साहित्यकारहरुले रचना वाचन गर्नुभएको थियो ।

Nuwakot Fall Ceiling House and Decoration