१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

घ्याङफेदिका पहिरो पिडितलाई ग्यास चुलो र सिलिन्डर

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित घ्याङफेदिका पहिरोको जोखिमका कारण विस्थापित भएकाहरुका लागि सहयोग सामग्री वितरण गरिएको छ । पिडितलाई ग्यास चुलो र सिलिन्डर प्रदान गरिएको छ । दुप्चेश्वर गाउँपालिका र शान्ति भोलेन्टयर एसोसिएसन जापानको आर्थिक सहयोगमा पहिरोबाट विस्थापित भएका १ सय १५ परिवारलाई ग्यास सिलिन्डर र चुल्हो सहयोग गरिएको हो ।
नुवाकोटका पुर्व सासंद तथा नेकपा नेता राजेन्द्र प्रकाश लोहनी, नेकपा नुवाकोटका नेता बिष्णु लोहनी, नेकपा १ नं. निर्वाचन क्षेत्रका क्षेत्रिय ईन्चार्ज पदम उप्रेती दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिङ तामाङ, उपाध्यक्ष अञ्जु आचार्य, वडाध्यक्षहरु सुन बहादुर तामाङ, किशोर आचार्यको सहभागीतामा उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।
२०७२ सालको भुकम्पका कारण जोखिम बनेको घ्याङफेदिको नेगी र सिसिपुमा यस वर्षको निरन्तरको वर्षातका कारण सिंगो वस्ती नै बगाउने उच्च जोखिम बढेपछि यहाँका करिब दुईसय परिवार थातथलो छोडेर विस्थापित बनेका छन् । नेगी वस्तीमाथीको पहाडबाट ठूलो चट्टान वस्तीमा खस्ने खतरा बढेपछि एक महिनाअघि यहाँका ४५ घरपरिवार विस्थापित भएका थिए भने यसलगत्तै केही समयपछि अर्को ठूलो जनघनत्व भएको वस्ती सिसिपुमा वस्तीमाथीबाट गाउँ नै बगाउने जोखिम देखिएपछि एकसय १० घरपरिवार घरवार छोडेर अन्यत्र विस्थापित हुन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्