८ बैशाख २०८३, मंगलवार
Logo

हाम्रो नेताको परिवेश !!

राम चन्द्र तिम्सिना
(आवाज) ,

टाउको उहाँकै हो ,गिदी उहाँको होईन,
मुटु उहाँकै हो तर धड्कन उहाँको होईन !!

ऊ भित्रको चरित्र ऊ होईन,
चित्रमा ऊ भएपनि चरीत्रमा ऊ छैन !!

बोली उहाँकै हो बोल उहाँको होईन,
नेता उहाँ नै हो नेतृत्व उहाँको छैन

Shivapuri rural municipality awareness message jalapanews

बास बेचेर गाँस खाने,
साश भएको रोबोट,
ज्यान यहाँ ध्यान वहाँ ,
बिदेशिको रिमोट !!

लियो खायो खायो दियो लेनदेन चलेकै छ,
यो भन्दा धेरै गद्दार अरु देख्या छैन !!

जिउँदो शरीर मुर्दा भाव,
जता प्रभुको इशारा उतै जिन्दावाद !!

बोली एकातिर व्यबहार अर्कोतिर,
देश पोलेर भत्तेर सबैतिर !!

आँखामा देश मुटुमा पर्देश,
यहि छ हाम्रो नेताको परिवेश !!
यहि छ हाम्रो नेताको परिवेश !!

प्रतिक्रिया दिनुहोस्