१२ श्रावण २०८१, शनिबार
Logo

२५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित भएमा लकडाउन हुने

स्वास्थ्य मन्त्रालयले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेमा लकडाउन गर्न सिफारिस गरेको छ ।

नेपालको स्वास्थ्य सेवाले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न समस्या हुने भएकोले २५ हजार सङ्क्रमित नाघ्नासाथ लकडाउन गर्न सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार चार सय १४ रहेको छ । बुधबार बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सरकारलाई सिफारिस गरेको छ ।

विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शूल्क लिने गरेकाेमा स्वीकृति दिने निकायले कडाइका साथ अनुगमन गरी कारबाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

यसअघि गएकाे चैत ११ गतेदेखि लगाइएकाे लकडाउन साउन ६ गते मध्य रातिबाट हटाइएकाे थियाे । बुधबारसम्म नेपालमा १७ हजार चार सय ११ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय चार जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्