१२ श्रावण २०८१, शनिबार
Logo

प्रकाश गुरुङको आफन्त र ठेगाना खोज्दै नेपाली दूतावास

साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङको आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ ।

बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

फोटोमा देखिने प्रकाशलाई कसैले चिनेमा या उहाँको आफन्तको बारेमा जानकारी भएमा साउदीमा रहेको नेपाली दूतावासमा ०११४६१११०८, ०५५९३८९६०० फोन गर्न या conriyadh@mofa.gov.npमा इमेल गर्न पनि अनुरोध गरिएको छ

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्