२४ माघ २०८१, बिहीबार
Logo

नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षको दाबी

काठमाण्डाै – चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ ।

चीनले नेपाली भूमि मिचेर भवन बनाएको खबर सार्वजनिक भएपछि अध्ययनका लागि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीसँग चिनियाँ सुरक्षाकर्मीहरुले त्यो आफ्नै भूमि भएको दाबी गरेकाे नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिनुभयो ।

आफूहरु भवन बनाएको ठाउँमा पुगेपछि चिनियाँ पक्षले भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर जमिन चीनको रहेको दाबी आफूहरुलाई फर्कन भनेका अध्यक्ष तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले आफूहरुले १२ नम्बरको पिल्लर देखेको र त्यहाँबाट सिधा हेर्दा भवन बनाएको ठाउँ नेपालको जस्तो देखिने तर ११ नम्बरको पिलर नदेखिएकाेले सीमा कसरी कोरिएको छ भन्ने थाहा नभएको बताउनुभयो । उहाँले सरकारले नै ११ नम्बरको पिल्लर खोजेर त्यो ठाउँबारे यकिन गर्नुपर्ने बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

अध्यक्ष तामाङले पहिले त्यो क्षेत्र खुला सीमा रहेकोले नेपाल र चीन दुवैतर्फका पशुचौपायाको चरण क्षेत्र रहेको  र अहिले चिनियाँ पक्षले नाका बन्द गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नक्सा हेर्दा हाम्रो देखिन्छ, ११ नम्बरको पिल्लर छैन, पहिले भोगचलन दुवै पक्षबाट हुन्थ्यो, अहिले त्यहाँ जाँदा त्यो ठाउँभन्दा एक किलोमिटर वर पनि उसैको भूमि भन्छ, अब यो कुरा सरकारले नै टुङ्ग्याउनुपर्छ, हामी पालिकाको तर्फबाट त सहयोग मात्रै गर्ने हो ।’

नाम्खा गाउँपालिकाको भूभागमा देखिने लाप्चा बगरमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएका र भोगचलन गर्ने गरेको पनि अध्यक्ष तामाङले बताउनुभयो । सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो ।  

तस्बिर साैजन्य : गाउँपालिका 

उज्यालो अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्