१२ श्रावण २०८१, शनिबार
Logo

गएको २४ घण्टामा १ हजार ३ सय २५ जनामा सङ्क्रमण , ९ सय ६६ जना निकाे भएर फर्किए

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६४ हजार एक सय २२ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नाै हजार पाँच सय ८४ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय २५ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा नाै सय ६६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४६ हजार दुई सय ३३ पुगेको छ ।  

अब नेपालमा १७ हजार चार सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय ५१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ११ ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।   

Shivapuri rural municipality awareness message jalapanews

त्यस्तै काठमाण्डाैमा ६ सय दुई जना, भक्तपुरमा एक सय एक जना र ललितपुरमा ६४ जना गरी उपत्यकामा सात सय ६७ जनामा सङ्क्रमण देखिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्