ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

मन्दा पौडेल

१ .

योग्य भएर होइन ठूलाको पहुँचद्वारा सत्तामा टिक्नेहरुले,

धनिलाई उकास्दै गरिबलाई खाडलमा जाक्न सिक्नेहरुले।

खै कस्तो न्याय देलान् र असली पीडितहरुलाई,

कालो कोट लगाएर कालै धनमा बिक्नेहरुले।

२.

विकृतिले नेटो काट्यो,यो विरुद्द बोल्ने को छ,

चाबी लाग्यो भोकाको मुखमा,बताइदेउन खोल्ने को छ?

म लड्दै छु एउटा युद्ध सामन्तवादको विरुद्धमा,

भनिदेउ न साथ निभाई सँगै जोखिम मोल्ने को छ?

Nuwakot Fall Ceiling House and Decoration