५ चैत्र २०८१, बुधबार
Logo

वैरागी जेठाका प्रगतीशिल कबिता -नागरिकता देखाएर

वैरागी जेठा

कविता लेख्ने रहर छैन मलाई
मलाई त शब्दमा , खोज्नु छ कविता
म असमर्थछु
किन भने म ,बसाईँसरीसकेँ
नागरिकता देखाएर
कवि हुनु छैन मलाई
तिमीसँग हिँड्न
गन्तव्यमा पुग्न ।
हुतिहारा नै हुन सकौँला
तिमीले मलाई
जतिसुकै हुत्तिहारा भन
विचारबाट भागेको भन
मैले बौद्धिक र प्राज्ञिक खोजेको हुँ
मैले थुप्रै बैठक र सभाहरु
देशेमरुझ्या बाट भोग्दै आएको छु
घुम्न गएकालाई
एकठाउँमा भेलागराउँनु पर्छ भन्ने हो
तिमीले मलाई पटक पटक
गद्दार भन्यौ वा !
साहित्यकार तिम्रो बैठकमा ।
सानो संकृण सोचले
विशाल जरा फैलिँदैन ।
नागरिकता देखाएर
कसरी संगठीत हौँ
अक्षरसँग खेल्नेलाई प्रेम गर्ने हो
विचार आफैँ फुल्छ

प्रतिक्रिया दिनुहोस्