१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

वैरागी जेठाको मिठा कबिता ; साहित्य जंगल

वैरागी जेठा,

म , साहित्यिक जंगलमा छु
घनघोर जंगलको बीचमा
जोखिम मोल्दै यात्रा
जंगलमा फैलिएका जुकाहरु
निर्मम टोकीरहेछन् ,
कविताको गिरि चढ्ने शिलशिलामा
लेऊ नै लेऊ लागेको बाटो छिचोल्न
माउत्सेहरुको पाइला सुँघेर
काव्यीक टाकुरा छिचोल्न
साहित्यिक जंगलमा छु
निरंकुश ,फटाहा जालीहरुको जराहरु
नाघेर अघि बढ्न
मानसिक पीडाको भारी बोकेर
साहित्यिक धरहरा
यतिखेर उक्लिरहेछु ।

प्रतिक्रिया दिनुहोस्