१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउपालीकाका वडा नं १ को २५ घर जोखिममा, पिडीत घिमीरेको परिवारलाई जस्ताप्रदान

तारकेश्वर गाउपालीका वडा नं १ कात्तिके गाउ २०७२ सालको भुकम्पले थिलथिलिएको थियो । यो बर्षको अबिरल बर्षा र पहिरोका कारण २५ घर परिवार नै जोखिममा परेको छ ।
सबै भन्दा बढी जोखिममा रहेको पदमकान्त घिमीरेको परिवारलाई पालिकाले शनिबार २ बन्डल जस्ता प्रदान गरेको छ । असार ३१ गतेको अबिरल बर्षाले घिमीरेको घर पुर्ण क्षती भएको र उहा अहिले छिमेकीको शरणमा दिन बिताइ रहनु भएको छ । त्यस्तै तारकेश्वर नेकपाका गाउ सचिव शोमबहादुर तामाङले त्रिपाल लगाएतका सामागी्र र स्थानिय युवा चक्र बहादुर तामाङको पहलमा १ बन्डल जस्तापाता समेत पिडीत परिवारलाई प्रदान गरिएको छ ।
लगातारको बर्षाको कारणले आएको बाढी र पहिरोको कारण सिंगो बस्ती नै जोखिममा परेको स्थानिय नमराज घिमीरेले जानकारी दिनु भयो ।

उक्त कात्तिके गाउमा २५ घर परिवारको बसोबास रहेको छ । २०७२ शालको भुकम्पको कारण छियाछिया परेको बस्तीलाई सुरक्षित बास को लागी गाउ नै अन्तै स्थानान्तरण गर्नु पर्ने अबस्था रहेको गाउपालीकाका अध्यक्ष रमेश बहादुर वस्ती बताउनु हुन्छ । उहाले स्थानियहरुलाइ अन्यत्र बस्ती निर्माण गर्नको लागी जग्गा प्राप्तीको काम भैरहेको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्