४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

२४ घण्टामा नेपालमा थप दुई सय ४६ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि

 गएको २४ घण्टामा नेपालमा थप दुई सय ४६ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ ।

आठ हजार आठ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमित हुनेको कुल सङ्ख्या २० हजार तीन सय ३२ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक सय ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६ सय तीन पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अब पाँच हजार तीन सय ६२ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् । यस्तै १० हजार नौ सय ३४ जना क्वरेण्टीनमा रहेका छन् । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्