१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

एकै दिन १४७ जना कोरोनाका सङ्क्रमित, एक जनाको मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ४७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार दुई सय ४१ पुगेको छ । बिहीबार काठमाण्डाैमा पाँच, भक्तपुर र ललितपुरका दुई/दुई जनामा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

अहिलेसम्म तीन लाख ३१ हजार ९५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ भने बिहीबारसम्म पाँच हजार तीन सय ५८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।   

अहिलेसम्म १२ हजार आठ सय ४० जना काेराेनामुक्त भएर घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा एक सय ५६ जना निकाे भएका हुन् ।

Shivapuri rural municipality awareness message jalapanews

बिहीबार काेराेना सङ्क्रमणकाे कारण एक  जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ४३ पुगेकाे छ । 

प्रतिक्रिया दिनुहोस्