१२ श्रावण २०८१, शनिबार
Logo

ककनी बृहत पर्यटन विकासका लागि गुरुयोजना बन्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित कार्यदलले ककनी गाउपालीकाको पर्यटकिय स्थल ककनीलाई बृहत पर्यटन बिकाशका लागी सरोकारवालाहरुसँगै स्थलगत भ्रमण गरेको छ । मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा रहेको कार्यदलले सांसद, स्थानीय नागरिक र जनप्रतिनिधिसँग पर्यटन बिकाशका गुरुयोजनाको बिषयमा छलफल गरेको छ ।

सांसद हितबहादुर तामाङका अनुसार कार्यदलले प्राप्त कार्यादेश अनुसार तारा गाउँ बिकास समिति ,नेपाल पर्वतारोहण प्रतिष्ठान र नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न संघ संस्थाले उपयोग गरिरहेका जग्गाहरुमा पर्यटन प्रवर्द्धनका लागि सुविधा सम्पन्न सुर्वाधार निमार्ण सम्बन्धी आबश्यक पर्ने एकीकृत गुरुयोजना प्रतिबेदन तयार गरि १५दिन भित्र मन्त्रालयमा पेश गर्नु पर्नेछ ।


ककनीको एकीकृत गुरुयोजना निर्माण गरि पर्यटन प्रबद्र्धन र आन्तरिक आयमा बढवा दिन टोलीले अध्ययन गरिरहेको छ ।
स्थलगत भ्रमणमा संघीय सांसद हितबहादुर तामाङ, संघीय सांसद नारायणप्रसाद खतिवडा, वाग्मती प्रदेश सांसद बद्री मैनाली, ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा, पर्यटन मन्त्रालयका सहसचिव , वडाध्यक्ष लगायत स्थानीयहरुको उपस्थिति थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्