२८ आश्विन २०८१, सोमबार
Logo

त्रिशुली अस्पतालमा रहेको १० वेडको आइसोलेसन भरिभराउ

त्रिशुली अस्पतालमा रहेको १० वेडको आइसोलेसन भरिभराउ भएको छ । कोरोना संक्रमण पुष्टी भएको ७ र कोरोना आशंका गरिएका ३ जना अहिले अस्पतालको आइसोलेसनमा छन् । नयाँ संक्रमण देखिएमा कोरोना संक्रमितहरु राख्ने स्थानको अभाव भएको छ ।
तारकेश्वरको क्वारेन्टाईनमा रहेका २१, २५ र २९ बर्षका ३ जनामा कोरोना संग मिल्दोजुल्दो लक्षणहरु देखिएपछि त्रिशुली अस्पतालको आईसोलेसनमा राखिएको छ ।
उच्च ज्वरो, रुघाखोकी , टाउकोदुख्ने , लगायत कोरोना संग मिल्दोजुल्दो लक्षणहरु देखिएको डाक्टर रेम कुमार राईले जानकारी दिनुभएको छ ।
बिभिन्न पालिकाको क्वारेन्टाइनहरुमा हाल ३८० जना छन् । होम क्वारेन्टाइनमा २८४ जना छन् । त्यस्तै ६४ जनाको पिसिआर रिपोट आउन बाकी रहेको छ । यो तथ्यांकले नुवाकोटमा संक्रमणको जोखिम अझै रहेको देखाउछ । तर उपचारको लागी नुवाकोटमा अहिले देखी नै बेड अभाब देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्