अनेरास्ववियू नेता कोइराला र पंडितद्धारा स्वास्थ्य सस्था र ट्राफिकप्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

अनेरास्ववियू नुवाकोटका सहसंयोजक बिनोद कोइराला र अनेरास्ववियू नेता सौगात पंडित ले स्वास्थ्य सस्था र ट्राफिक प्रहरी लाई स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ ।


उहाहरुले आफ्नो पाकेट खर्च कटाएर स्वास्थ्य सामाग्री खरिद गरि हस्तान्तरण गर्नु भएको हो । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटलाई डिउटीमा खटिएका ट्राफिक प्रहरीहरुको लागी मास्क, पंजा स्यानिटाइजर बितरण गरिएको अनेरास्ववियू नेता सौगात पंडितले बताउनु भयो ।
सहसंयोजक कोइराला र नेता पंडितले बिदुर नगरपालरुीका वडा नं १२ स्थीत चारघरे स्वास्थ्य चौकीमा पनि २५० थान सर्जिकल मास्क, १५ थान स्यानिटाइजर , र एक सय थान पंजा र १ सेट पिपिइ हस्तान्तरण गर्नु भएको छ ।
माहामारीको अबस्थामा अहोरात्र खटियर काम गर्न पर्ने स्वास्थ्य कर्मी र सुरक्षाकर्मी लागी काममा केही सहजता हुने बिश्वासका साथ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको सह संयोजक कोइरालाले बताउनु भयो ।
कार्यक्रममा बिद्यार्थी नेता राजेन्दै पनेरु, प्रदिप कुमार भट्ट, नमराज पौड्याल , अनेरास्ववियू रसुवा संयोजक अर्जुन पौडेलको उपस्थीती रहेको थियो ।

Nuwakot Fall Ceiling House and Decoration