१२ श्रावण २०८१, शनिबार
Logo

नजमुल्लालाई खुला पत्र !


–वैरागी जेठा
प्रिय नजमुल्ला !
म सँग कुनै शब्दहरु छैनन्
म स्तब्ध छु ।
उत्तेजित हुन्छु र लजावती झैँ लजाउन बाध्य छु
मेरो देश ,देश रहेन
घर घर जस्तो घर भएन
आजको युगमा पाइला टेक्दा
अनुशासन ,नैतिकता र दायित्व बोधहरु हराइरहेछन्
पोखरीका धूँवाका वाफहरुसँगै
यतिबेला स्तब्ध छु

प्रिय नजमुल्ला !
तिमीले कुरान समायौ ,मैले गीता समाए
यत्ति फरक हो हामी बीचमा ।
कोरोना झैँ मान्छेहरु एकनास हिँडीरहेछन्
हरेक अनुहार मान्छेका जस्ता लाग्दैनन्
सडकको बीच भागमा भाग्न कुदिरहेका
अधबैँशे युवायुती देखेर
मन कुँडिन्छ ,कुँडिरहेछ
मेरा आँखा बाउँडिएका छन्
पोखरीको डिलमा !
जब तिम्रो पसलमा
अस्तित्व हिनहरुले प्रहार गर्छन्
काईपरेका चेतनाहरु
ओहोरदोहर गर्छन्
म मृत्यु नजिक उभिएझैँ लाग्छ
उभिन्डिएर हेर्छु , तिम्रो पसल
आँखाले सनाई बजाउँछ ,पीडाहरुको

प्रिय नजमुल्ला !
उपाहस गर्छन् काला चराका वर्दीहरु
प्रहारबाट बिउँझन्छ हृदय
मनग्य पीडालाई ,घुट घुट पिएर
जीवन ओइलीएको छ
तिमीलाई विरहका कथा सुनाएकै हुँ
कोरोना सँगै हिँेडेका बुटहरु
कपटी पासा खेलिरहेछन् ।
म भाँचीएको छु , लडेको छु

प्रिय नजमुल्ला !
भन तिम्रो खवरहरु
पठाऊ सुन्दर जवाफहरु
पर्खिरहने छु ,तिम्रो पसलमा ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्