नुवाकोटमा आरडिटी किट अभाव
भारत लगाएका संक्रमित क्षेत्रबाट आउनुभएहरुलाई नुवाकोटका विभिन्न स्थानीय सरकारको क्वारेन्टाइनमा राखिएको छ । १४ दिनका लागि राखिएका उहाँहरुको एकान्तबास बस्ने अवधि सकिदै गएको छ । घर जानेबेलामा आरडीटी परिक्षणलाई सरकारले अनिवार्य गरेको छ । कोरोना भाइरसको संक्रमण नदेखिएमात्रै घर वा समुदायमा प्रवेश दिनकै लागि सामुहिक क्वारेन्टाइन नुवाकोटका १२ वटै स्थानीय सरकारहरुले सञ्चालनमा ल्याएका हुन् । तर घर पठाउने बेलामा परीक्षण गर्नुपर्ने आरडिटी किट सबै स्थानीय तहमा सकिएको छ ।
भारत लगायतका कोरोना संक्रमित स्थानबाट नुवाकोट आएकाहरु अहिले क्वारेन्टाइनमा बसिररहेको छन् । आफ्नै पालिकाको क्वारेन्टाइनमा बसेकोहरुलाई घर पठाउने बेलामा कोरोना भाइरसको संक्रमण भएनभएको परीक्षण गर्नुपर्ने नीति छ । त्यसका लागि सरकराले स्थानीइ तहलाई उपलब्ध गराएको आरटिडी किट अहिलदेखिनै नुवाकोटमा अभाव देखिएको छ । भाइरस परिक्षणको लागि आवश्यक पर्ने किट अभावले स्थानीय सरकारहरु समस्यामा छन् । उहाहरुलाई पालिकाले आफ्नो खर्चमा क्वारेन्टाइनको ब्याबस्था गरि खान पिनको ब्याबस्था त गरे कै छ । तर भाइरस परिक्षणका लागि आवश्यक पर्ने आरडिटी किट स्वास्थ्य कार्यालयले कम उपलब्ध गराएको छ । प्रायः गाउँपालिकामा उक्त किट आधा दर्जनको हाराहारीमा मात्रै छ । यस्तो अवस्थामा क्वारेन्टाइनमा बसेकोहरुको १४ दिन पुगेपछि कसरी परिक्षण गरेर घर पठाउने भन्ने चिन्तामा जनप्रतिनिधिहरु छन् । बेलकोटगढी नगरपालिकाको क्वारेन्टाइनमा अहिले ५५ जना बसिरहनु भएको छ । उहाँहरुको एकान्तबासको अवधि सकिनै लाग्यो । अझ् ४ सय भन्दा बढि नागरिक बेलकोगढी भित्रने तरकारमा रहेको अनौपचारिक बवर आइसकेको छ । यस्तो बेलामा गर्ने के भन्ने पिरलो उपप्रमुख कबिता ढुंगानालाई परेको छ । नगरपालिकाले किट खरिद गर्ने योजना भएपनि खरिद गर्नकै लागि उपलब्ध छैन ।
यस्तौ समस्या विदुर नगरपालिकालाई पनि परेको छ ।
विदुर नगरपालिकाले दुई स्थानमा क्वारेन्टाइन सञ्चालन गरेको छ । दुबै
क्वारेन्टाइनमा गरी एक सय भन्दा बढी छन् । अब उहाँहरुको बसोवास सकिदै जाँदा
भाइरसको संक्रमण परिक्षण गर्ने किटको आवश्यकता पर्न थालेको छ । म्यागाङ
गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेहरुमै कोरोना भाइरसको संक्रमण देखिएपछि त
झन्, सबैको परिक्षण गर्नु आवश्यक बनिसकेको छ ।
नुवाकोटको तारकेश्वर
गाउपालिकामा पनि द्रुत परीक्षण गर्ने किट अर्थात् आरडिटी अभाव भइसकेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटले खटाएर पठाएको किट सक्किएको छ । तर यही
हप्तामात्रै तारकेश्वर गाउँपालिकामा साढे दुई सय जना आएका छन् । सबै जना
क्वारेन्टाइनमा रहिरहेको र अर्को साता उहाँहरुको परीक्षणक ालागि किट आवश्यक
पर्ने देखिएको छ । तर गाउँपालिकासंग पनि नभएको र स्वास्थ्य कार्यालयले पनि
माग अनुसारको किट उपलब्ध गराउन नसकेको उपाध्यक्ष तारादेवी रिमाल बताउनु
हुन्छ ।
नुवाकोटमा मंगलवार दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै थप
सावधानी अपनाउनु पर्ने अवस्थाको सृजना भएको छ । भारतबाट आउनुभएका दुई जना
पुरुषमा देखिएको संक्रमणले अन्यमा पनि छ की भन्ने संकेत गरेको छ । तर
त्यसको वास्तविकता पत्ता लगाउनका लागि पहिलो चरणमै भएपनि उपयोगी हुने
आरडिटी सामाग्री नै अभाव भएको छ । गाउँपालिका र नगरपालिकाले क्वारेन्टाइनमा
राखेका मानिसहरु अब धमाधम घरजाने बेला हुनलाग्यो । यो बीचमा आरडी
परिक्षणका लागि किटको प्रवन्ध गर्न सकिएन भने एक जना मात्रै संक्रमित
समुदायमा प्रवेश गर्दा पनि भुसमा आगो सल्लाएकै सहर हुने छ ।
प्रतिक्रिया दिनुहोस्