इतिहासमा त्यो कालो दिन जेठ १९ , सम्झनामा राज परिवार
राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको आज १८ वर्ष पूरा भएको छ ।
५८ साल जेठ १९ गते भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । छानबिन समितिले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।
विवाहका विषयमा परिवारसँग खटपट रहेका कारण दीपेन्द्रले बुबाआमा, भाइ-बहिनीसहित परिवारका सदस्यको हत्या गरी आफैँलाई गोली हानेको छानबिन समितिको निष्कर्ष छ । घटनापछि घाइते भएका दीपेन्द्रलाई अस्पतालमै हुँदा राजा घोषणा गरिएको थियो ।
अस्पतालमै दीपेन्द्रको निधन भएपछि ज्ञानेन्द्र शाह नेपालको नयाँ राजा बन्नुभएको थियो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरिएको छ । छानबिन समितिको प्रतिवेदन विश्वासिलो नभएको भन्दै हत्याकाण्डबारे फेरि छानबिन हुनुपर्ने माग पनि हुने गरेको छ । उज्यालोबाट
प्रतिक्रिया दिनुहोस्