सरकारी विद्यालय
सरकारी जागिर खानेहरू नै
जब विश्वास गर्न सक्दैनन
सरकार तिमीले लगानि गरेको विद्यालयमा
मलाई पनि रहर त कहाँ थियो र
सबैले हेप्ने चेप्ने तुच्छ व्यवहार गर्ने
सरकार तिमीले लगानि गरेको सरकारी विद्यालयमा पढ्ने
तर मेरा बा आमाले सरकारी जागिर खान सकेनन
मेरा बा आमाले व्यापार व्यवसाय गरेर पैसा कमाउन सकेनन
प्रत्येक महिना निजि विद्यालयमा तिर्न पर्ने
महङ्गो शुल्क तिर्न सकेनन
त्यसैले सरकार हाजिर छु म
तिमीले लगानि गरेको सरकारी विद्यालयमा
क देदि ज्ञसम्म
अ देखि अंसम्म
अनि अङ्क र अक्षरहरू फरक छैनन्
मैले र निजि विद्यालयमा पढ्ने कितावहरुमा
मैले कापिमा लेख्ने अक्षरहरुमा
तर फरक कहाँ भयो सरकार
मैले र उनीहरुले पढ्ने अक्षरहरुमा
म हाजिर भैन भने
सरकारी तलव खाएर
निजि विद्यालयमा आफ्ना सन्ततिहरुको
सुनौलो भविष्य देख्नेहरुका
सन्ततिहरुका सुनौलो भविष्य बनाउन पनि
म सरकारी विद्यालयमा हाजिर हुनै पर्छ सरकार
चिन्ता त मलाई मेरो भविष्यकोभन्दा पनि
मेरो वर्तमानको छ
जहा तिमीले सरकारी विद्यालयलाई सुधार्ने जिम्मा
व्यापारिको हातमा दिएका छौ
कसरी सोच्यौ सरकार
एउटा व्यापारिले आफ्नो व्यवसायको चिन्ता छोडेर
महङ्गो शुल्क तिर्न नसक्ने मेरो भविष्यको चिन्ता गर्छ भनेर
जब तिम्रै सरकारी तलव खानेले
सरकारी विद्यालयलाई विश्वास गर्दैन भने
प्रतिक्रिया दिनुहोस्