नाङ्गो नाच, नाच्ने काम नगर

एकलाल श्रेष्ठ , मनमैजु
भाले बासेर पनि छितीजमा
सूर्यको किरणहरु पर्खेका
सीतका थोपाहरु
टल्कन नपाउँदै
बगैचामा रातो कोपिलाहरु
फुल्न,मुस्कुराउन नपाउँदै
न्यानो प्रकाशको आशमा
चराहरुको चीरबिर
तरु लतिकाहरुमा
स्वतन्त्र गीत गुन्जाउन नपाउँदै
आफ्नो वन पाखालाई अगौजी
आलिङ्गन गरेर
मीठो रसस्वादनको पर्खाईमा बसेका
मन्जरीहरु
मिठो हावामा लहराउन नपाउँदै
मेरो आकाशमा
मेरो धर्तीमा
मेरो कलिलो अंकुरण लाई
मेरो आशालाई
मेरो भरोसालाई
लल्लीपप् देखायर
प्रलोभनमा फसायर
अस्मिता लुट्न खोज्ने अपराधीहरु
दाह्रा नङ्ग्रा फिजायर
निर्लज्ज आमाको
छातिमा, टेक्नखोज्ने बलत्कारीहरु
सन्सारले तिमीलाई चिनिसकेको छ
भो धेरै भुक्ने काम नगर….
तिमी त दास हौ अरुको
मेरो अपराजित देशमा
कति निर्लज्ज हुन्छौं तिमी?
आगो संग खेल्ने काम नगर…
दुनियाँ धिकार्दैछ तिमीलाई
भो अझै नाङ्गो नाच, नाच्ने काम नगर ..
प्रतिक्रिया दिनुहोस्