११ चैत्र २०८१, मंगलवार
Logo

इच्छुकलाई सम्झिरहँदा


–वैरागी जेठा
कवि इच्छुकसँग भेट २०४२ बाट भएको हो । जगदिश ,तारा ,गोपिन्द्रहरुसँग पनि त्यैबेलमा भएको हो । कुमार योञ्जन , मुक्ति प्रधानहरुसँग पनि राम्रो सम्बन्ध बस्दै गयो । २०४६ सालको परिवर्तनसँगै ,राजनैतिक चेतनाहरु पनि खुकुलो हुँदै गए । त्रिचन्द्रकलेजमा हुने अन्तिम प्रतिभा प्रवाहले इच्छुकसँग गहिरो सम्बन्ध राख्दै गयो र ममा काव्य चेतना भरिँदै गयो । कविता लेखीरहेँ लेखिरहेछु । त्यसपछि हाम्रो सम्बन्ध गाढा हुँदै गयो । हाम्रो भेट इटुम्बहालमा हुन थाल्यो । निनु ,खगेन्द्र , ऋषिहरुसँग भेट भइरहन्थ्यो ।
इच्छुक ,कुमार योञ्जन जनादेश साप्ताहिकको कार्यालयमा भेट भयो । प्राय म गइरहन्थेँ । उहाँहरुको भाषिक चेतनाले पगालिरहन्थ्यो । म पग्लन खोज्थेँ । उहाँका कविताहरु पढ्थेँ , सम्पादकिय पढ्थेँ यसले मलाई भाषिक चेतना तिर तान्थ्यो । म पनि उहाँहरु सँगै रमाउँदै हिँड्न थालेँ । कवि घनश्याम पौड्याल ,घनश्याम ढकालसँगका यात्राहरुले मलाई तानिरह्यो । योजना , जनादेश , दृष्टि पत्रिकाहरुले मलाई गाइड गरिरहे । जसले गर्दा साप्ताहिक पत्रिकाको सम्पादक सम्म बन्न पुगेँ । प्रतिभा प्रवाहले कवित्व मन अर्थात् काव्य चेतना तिर अग्रसर बनाइरह्यो ।
उहाँहरुले दिनु भएका महत्पूर्ण कृतिहरु अध्ययन गर्थेँ । बराल र खगेन्द्रले दिएका कृतिहरुले मलाई परिस्कृत गरिरहेका थिए । त्यसपछि कविता लेखेर छाप्नु पर्दोरहेछ भन्ने ज्ञान पैदा भयो । समलग्न भएका पत्रिकाहरुमा मेरा कविताहरु छापिन थाले । इच्छुकले सधैँ काव्य प्रवाहमा उभ्याउँन थाल्नु भयो । मसँग सुरिलो स्वर नहुँनाले केही फिका हुन्थ्यो नै ,आफूलाई पनि त्यस्तै लाग्थ्यो । पारिजातका उपस्थित, उहाँलाई देखेपछिको मनले ऊर्जा दिइरह्यो । इच्छुका सभिमानले मलाई भाषण गर्ने कलापनि सिकायो । जनवादी युवालिग , जनमोर्चासँग आबद्ध बनायो । ममा सामाजिक चेतना जाग्दै गयो । गइनैरहेथ्यो । यो नै जीवनको गतीशिलता थियो । थुप्रै साँस्कृतिक मोर्चाका कार्यक्रमहरुमा भागलिने काम भए । मणिथापा लगाएतका थुप्रै चेतनशील कलाकारहरुसँग भेट भए , उनीहरुका गीत नृत्यले तानीरह्यो ।
इच्छुकले लेख्न सधैँ प्रोत्साहन गरिरहनु भयो । यसरी नै अगिबढ्ने हो भन्नु हुन्थ्यो । कुमार योञ्जन र मुक्ति प्रधानको गाइडले पनि मलाई सहयोग गरिरहेथ्यो । मेरा सहृदयी मित्र नेत्र गुरुङको साथ रहिरह्यो । गुरुङले भनि रहन्छन् कवि इच्छुका जस्तै शक्तिशालि कविता लेख्नु पर्छ । अहिले पनि उनी विदेशबाट यही कुरा गरिरहेछन् । कलाकार कृष्णप्रसाद पौडेलको उस्तै भूमिका रह्यो । म निकै खुशी गर्व गरिरहेको छु । आज कवि हुन उकालो चढीरहेछु ।
इच्छुक ज्यादै सरल , मीठो बोली बचन , परिस्कृत व्यक्तित्व ,मैले सोची रहेँ म यस्तो व्यक्तित्व कसरी बन्ने । मैले आफूलाई परिवर्तन गर्नुपथ्र्यो । म नै पहिला परिवर्तनशील हुनुपर्छ ज्ञान प्राप्त गरेँ । उहाँले धेरै कुराहरु सिकाउँनु भयो तिनदशक यात्रामा । राजनीति संस्कार परिस्कृत भएको छैन अझै । ती दिन सम्झेर बाटो कता जाादै छ भन्ने लागिरहेछ । उहाँको चेतना ,विचार ,दर्शन भन्दा अलग्गै भएको छ वर्तमान । मनमा दुःख लागेपनि अभिव्यक्ति गर्न कठिन छ ।
मित्र आहुतीले उनले आफ्नो भूमिकामा मलाई व्यंङ्ग गरेका छन् । उनको व्यङ्ग मलाई अमृत लागिरहेछ । कविता सुने ,बुझेन ,उनले मेरो कृती पढ्न पाएका छैनन् । उनको ठट्टा व्यङ्गले मलाई परिस्कृत हुन र कृति प्रकाशन गर्न प्रोत्साहन गरेको अनुभव गरेको छु । उनले सोचे जस्तै म कवि हुनु पर्ने छ । इच्छुकका भनाइ र उनको व्यङ्ग सार्थक छ भन्ने लाग्छ ।
यतिबेला इच्छुका सपनाहरु साकार हुन सकिरहेका छैनन् । साहित्यकार धनुष चन्द्र गोतामे र श्याप्रसादका भनाइहरु पनि सँगसँगै आउँने गर्छन् । यस घडीमा म इच्छुक लाई सम्झने कोशीष गरिरहेछु । उहाँले देखाउँनु भएको बाटोमा हिँड्न सकँु । मूल बाटोमा पहिरो गएको छ । पहिरो जानु पनि संस्कारमा परिवर्तन नआउनु हो । संस्कारहरु भाँचिएका छन् ,ढलेका छन् र लाक्षिएका छन् । मुख्य कुरा संस्कार रहेछ । अनुशासन रहेछ । यिनै चिजहरु छैनन् अहिले । आदर्श जीवनहरुबाट सिँढीहरु चढिरहेछन् अमानविय संस्कारहरु । हुनत धेरै राजनीति कर्मी ,साहित्यिक कर्मी ,सञ्चारकर्मी भेट भए । गहन जीम्मेवार संस्कार र संस्कृतको घर नपाउँदा मन चस्किएको छ ।
इच्छुकले मलाई लेखिरहन ऊर्जा दिइरहे । लेख्न पनि सिकाए , विचरानुभुतिको नैसर्गिक स्वरुप चराहरुले जस्तै स्वभाविक रुपले म कविता लेखिरहेछु । कवि हुन निकै कठिन कार्य छ । एउटा विचारमा बगिरहनेले त्यही अनुरुपका कृतिहरु अध्ययन गर्नु पनि आवश्यक छ । राजनीति अलि उत्तौलो हुँदै गएकाले पनि चाहेका सामाग्रीहरु सुरक्षित गर्न कठिन भए । पार्टीको संगठन गर्ने शैली कम्जोर भएपछि अनेकन समस्याहरु पैदा हुँदा रहेछन् । हामीले समर्थन गरेको पार्टी साँघुरो र अँध्यारो तिर लम्कियो । हामीले उज्यालो चाहेका थियौँ । हाम्रो घर लम्पसार भयो । पुरै लम्पसार भयो । इच्छुको बाटोभन्दा पर अर्कै बाटो हिँड्यो पार्टी । ती दिनहरु सम्झिदा मन चिसो हुन्छ । कयौँ साथीभाइ दिदी बैनीहरु पनि अलपत्र परे ,यसले बेलाबेलामा मन अमिलो बनाउँने गर्छ । घर चार चिरामा विभाजित भएर पल्टियो ।
इच्छुक ठूला मानिसहरु जस्तै उच्च शिखर थिए । उनी पातला शरिर भएर पनि ज्ञानमा निकै तिखा थिए । मलाई के लेख्दै छौ , कहाँपुग्यौ सोधीरहन्थे । म मुसुक्क हाँस्थे ,हामी दरोरुपमा हात मिलाएर छुट्ने गथ्र्यौ । देशेमरुझ्याल नजिकैबाट । मुक्ति र योञ्जनलाई भेट भएपछि रात छर्लङ्ग हुने गथ्र्यो । नरदेवी ,इटुम्बहालमा भेट भइनै रहन्थ्यो । अन्तिम शनिवार घण्टाघरमा ठीक एक बजे भेट हुन्थ्यो । कविता वाचन र समिक्षाहुने गर्थे । प्रतिभा प्रवाहमा ।
मानव जीवननै कथा ,काव्य र निबन्ध हो । इच्छुक पनि त्यही हुनुहुन्थ्यो । उहाँका जीवनमा धेरै ओराला र उकालाहरु आइपरे ,लामोसमय जेल जीवन विताउँनु भयो । त्यहाँको यातनाले उहाँको निधन हुन पुग्यो । हाम्रा लागी ठूलो क्षती भयो । उहाँलाई सम्झिँदा हृदय चुँडाल्ने गरी रुन बाध्य हुन्छु । पार्टीले भीरबाट सोझै हाम्फाल्यो । कयौँ योद्धाहरुको सपनाहरु विथलिदियो । जीवनका छाँगाबाट मैले पनि खस्नुप¥यो ।
चुनाव चिन्हका लडाई , र्निवाचन कार्यालयमा बहस , त्यहीँ कुर्सि हानाहान प्रत्यक्ष अनुभव गरेको छ ु । पार्टी फुट्यो ,काठमाण्डौँमा नयाँ नेतृत्व चयन हुन आँट्यो । हामी पनि क्रान्ति गर्ने पक्षमा उभियौँ । किर्तीपुर स्थित त्रिभुवन विश्व विद्यालयको अडोटरीम हलमा नयाँ नेतृत्व चयन गर्ने सवालमा मैले पनि सम्बोधन गरेको थिएँ । मेरो त्यो शान्दार भाषण थियो । कतै लेनिन ,कतै माओ र स्टालिन उभिएझैँ भयो । मेरो सम्बोधनमा हल गुञ्जयमान भयो । मलाई अब नेताको श्रृंखलामा चढेझैँ लागिरहेथ्यो । इच्छुकपनि त्यही सभामा हुनुहुन्थ्यो । पम्फा भूसाल ,बाबुराम भट्राई , सुरेस आलेमगर ,ईश्वरी दाहाल,लगायत धेरै नेताहरुको उपस्थिती थियो । कुमार पौडेलको नयाँ नेतृत्व चयन ग¥यो र चुनाव बहिस्कार गर्ने नीति पनि लियो । चुनाव बहिस्कार गर्न काँठ एरिया सबै घुमियो । एउटा परिपत्र आयो संगठनका सामाग्रीहरु सुरक्षित हुन निर्देशन भए अनुसार त्यसो पनि गरियो । राजनीतिमा सन्त्रास फैलिँदै गयो । भृकुटी मण्डपमा भएको कार्यक्रम पछि पार्टीका नेता र चर्चामा आएका कार्यकर्ताहरुको भूमिगत रहने निर्णय भए । जनादेश ,योजना पृष्ठभूमि पत्रिकाहरु प्रकाशन भइरहेका थिए ।

२०५२ को वैशाखमा नेपाल बन्द ग¥यो पहिलो गिरफ्तार नयाँबजारबाट म भएँ । महेन्द्र पुलिस क्लब मा राखिएको थियो । मेरै गाउँका दाजु राजारामलाई पनि पक्रिएको थियो । दाईको अफिस जानुपर्ने विहान छ बजे समात्यो । हामी सबैले चिनेको छैन हाम्रो साथी हैन भनेपछि उहाँलाई नयाँबजारमा ल्याएर छोडिएको थियो । बेलुका ८ बजे जनादेशका सम्पादक शक्ति लम्सालको साक्षीमा हामी छुटेका थियौँ । त्यहाँ अनौठा दृश्यहरु थिए । फागुनमा गएर पार्टीले आन्दोलन गर्न थाल्यो , धेरै ठाउँबाट पार्टी कार्यकर्ताहरु समातिने कार्य तिब्र हुन थाले पछि समय जटिल हुँदै गयो । यस्ता डरलाग्दा दृश्यहरु झंकृत हुन थाले । बीच बीचमा धेरै साथीहरु हिरासत र जेल पर्न थाले ,त्यही अवस्थामा इच्छुकले पनि जेल यातना खेप्नु प¥यो ।

जेल अवस्थामै उहाँले शक्तिशाली काव्य कृतिहरु तयार गर्नु भएको छ । कति सुरक्षित रहेहोलान कति हराए होलान् । उहाँका कवितामा गतिमयता , कुतूहल , उत्सुकता र आशाहरु भेटिन्छन् । उहाँ जेलबाट छुटे पछि हाम्रो भेट रत्नपार्कमा भएको थियो । हामी निकै बेर गफिएका थियौँ । उहाँले लेखिरहनु ,लेख्दै जानु पार्टीका साथीहरुलाई पनि सहयोग गर्नु भएको थियो । हाम्रो त्यही भेट सदाकालागी अन्त भयो ।उहाँले भन्ने गर्नु हुन्थ्यो ,शैली ,विचारधारा विषय वस्तुका दृष्टिकोणले अध्ययन गर्ने र लेख्ने गर्नुपर्छ भन्नु हुन्थयो ।अहिले घर विहिन भइएको छ । दुःख लाग्छ ।
हाम्रा घर समाज र देशमा पुराना र नयाँ मान्यताहरुको संघर्ष चलिरहेकै छ चलिनै रहन्छ । संघर्ष जहिले पनि भइनै रहेको हुन्छ । घर ,राजनैतिक पार्टी ,संगठन ,गुट उपगुटहरु भइनैरहन्छ । हामीले एउटा युग परिवर्तन ग¥यौँ, भन्यौँ आखिर संस्कारमा परिवर्तन गर्न सकेनौँ । चर्काकुरा गर्ने र स्वार्थलिप्त हुनेहरु अघि बढेकाछन् । चुसाइ उस्तै पाराले चुसिएको छ । चुसाइबाट फुत्कन प्रयास गर्नु हाम्रो जीवन संघर्ष हो । घरका मान्छे लाखापाखा लागेर घरमा बाहिरको मान्छे प्रवेश गरेपछि के हुने हो घर । घर ढल्काएर फाट्टफुट्ट आउँने र जाने क्रम बढेमा घरको अस्तित्व समाप्त हुन्छ । अहिले यस्तै भइरहेछ । घर बाहिर जाने र घर भित्र पस्न खोस्ने वर्गका विचारधाराहरु बेग्लाबेग्लै दिशातर्फ फर्केका हुन्छन् । तर इच्छुकको सपना यस्तो थिएन । उनी विचारधारमा अडिग थिए । उनको घर बलियो थियो , मन विश्वासिलो थियो । घरले त्यो विचारलाई हुत्याइदिएकोछ । घरको स्वाभिमान गुमेर एकादेशको कथा बनिसकेको अवस्था हो यो समय । इक्ष्छुक सिद्धान्तमा रमाउँने र सिद्धान्तकै आधारमा काव्य सिर्जना गर्ने व्यक्तित्व थिए । चमेरे नीतिका मान्छेहरुले घर अधिनमा लिएका छन् । पुराना भन्दा चमेराहरु बढ्ता डरलाग्दा हुन्छन् । चमेराहरु राज्य गर्न अघि बढेका छन् ।
चमेराहरु एकाएक क्रान्तिकारी भएका छन् । उनीहरु अध्ययन नै गर्दैनन् । हुचिलहरु क्रान्तिका बिगुल बजाएका कुरा गर्छन् । वैचारीक चेतनाको धरातल भताभुङ्ग बनाइरहेछन् बाफरे बाफ । चमेराहरु इच्छुकको बाटोमा रमाउँन सक्तैनन् । चमेराहरुको साहित्यको नेतृत्वले वर्तमान समाज परिवर्तन गर्न पनि सक्दैन ।
२०४६ सालको परिवर्तन सँगसँगै अभद्र र अस्वस्थ राजनीतिक वातावरण जन्मियो । त्यही वातावरणमा कल्पनै गर्न नसक्ने आन्दोलन भयो । जहाँ जनताहरु निसासिएका थिए । नेपालमा विद्रोहीहरुका चिन्हहरु अगिबढे २०६२,०६३मा ऐतिहासिक विष्फोट भयो , क्रान्ति सम्पन्न भयो । त्यतीबेला इच्छुकको भौक्तिक शरिर हामी माझ थिएन । धेरै कलाकारहरु हामी बीच रहन सकेनन् । इच्छुकको सपनाहरु २०५९ जेठ १३ गते ढालिएको थियो । विशाल योद्धाहरुलाई ठूलोचोट लागेको थियो गोलिको छर्रा भन्दा चर्को । आन्दोलन अघिनै बढिरह्यो । राजनैतिक आँखा उघा¥यो समाजले ।

हामीले इच्छुकको भौक्तिक शरिर गुमाएको आज १९ वर्ष भइसके छ । भनौ अन्दाजी दुई दशक । उनका कविताका संबेगहरु लम्किरहेछन् । आजको पुस्ताले उनका काव्यीक मान्यताहरुलाई स्वीकार गर्नु नै छ । उनकोबाटो हिँड्नु नै छ । भत्केका थोत्रा गाह्राहरुलाई भत्काएर नयाँ गाह्रो लगाउँनुछ घरको । हामीले आशाको लाल्टीन बाल्नु पर्छ । हामीले २०६२को आन्दोलनको मूल्यलाई बुझ्नै पर्छ । असल मानविय भाषा साहित्यको विकास तिर लम्कनु पर्छ ,इच्छुकका नाममा गरिने कृयाकलापहरुमा चमेराहरु कैल्यै प्रवेश नगरुन् । दुई दशक लामो संघर्षका मूल्य मान्यता ,नियमहरु पलना गर्दैभाषा साहित्यको विकास होस् । जय भाषा साहित्य ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्