२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

कबिता – समस्या स्वप्न साकार पारौँ ।

  • प्रतिभा देवी न्यौपाने, लमजुङ

नालापानी, मृदुल कविता पाठ घोकेर आयौं
लड्दैभागे, अधम ननिका कम्पनी ती भगायौं
हौ गोर्खाली, अब पनि बुझी लिम्पियामा नहारौं
आत्मा रोए, उठ सहिदका स्वप्न साकार पारौं ।।०१।।

पैले सीमा, सतलज थियो भीम थापा हराई
आधा भन्दा, समथर जिमी च्यापियो दुष्ट आई
जागौ हामी, सब शहर के गाउँ बेसी नटारौं
फिर्ता गर्ने, रहर छ जिमी स्वप्न साकार पारौं ।।०२।।

डा‘डा पाखा, समथर जिमी टार बेसी तराई
हामी हामी, भरसक मिलौं देश नेपाललाई
खोस्ने हो त्या,े भरसक सबै नाप नक्सा सपारौं
नेपाली हौं, अमर पुर को स्वप्न साकार पारौ ।।०३।।

गोली ले हो, विगत दिनमा देश लुट्दै लगेको
हेरौ काली, कल कल गरी मृत्तिकामा बगेको
आमा रोए, पछि मन रुने गर्छ छाती नदारौं
नेपालै हो, अमर जननी स्वप्न साकार पारौं।।०४।।

Shivapuri rural municipality awareness message jalapanews

जंगे आई, तम शरणमा पर्न थालेछ धेर
बा‘के, फिर्ता पनि गरिदिए मख्ख पारे अघोर
नेपाली हा,े अब कुटिल भै दुष्ट लाई पछारौ
रोई मर्ने, प्रिय सहिदका स्वप्न साकार पारौ.।।०५।।

डा‘डा पाखा, तिर अघि सरी लुट्न बढ्दैछ बाज
के हेर्दैँछन्, दल दमित भै देश हाक्ने समाज
तोरी झुल्ने, सवल मलिला धेर गठ्ठा न छाडौं
बेसी थुम्का, भर रगत छन् स्वप्न साकार पारौं ।।०६।।

माटो हाम्रो, प्रिय तन न हो मातृ वात्सल्यदायी
खेद्ने हो है, उठ मुलुकका भाग्छ यो आततायी
सीमा मास्ने, अधम उभिए सिंह भै दुष्ट दारौ
पूरा गर्ने, तिर सब बढी स्वप्न साकार पारौं ।।०७।।

खायो हाम्रा, मगज रिपुले सन्धि साझा बनाई,
देखायो है, पर तिर म हूँ शक्तिशाली दलाई,
नेपाली हौं, रिपुसित लडी सा‘ध किल्ला सपारौं
धर्ती भन्दा, सहिद बनिए स्वप्न साकार पारौं ।।०८।।

तेस्का नक्सा, छल कपटका कागजै हुन् उधारौ
नेपालीले, लिनु छ बदला काँगडा साँध सारौं
दासी बन्दै, अनि लहसिदै पाउ मोली नहारौं
ल्याऊँ किल्ला, सतलज पुगी स्वप्न साकार पारौं ।।०९।।

हाम्रो आफ्नो, प्रिय मुलुकको सार्व सत्ता छ खारौं
गाथा हाम्रो, प्रिय छ महिमा सान संझी नझारौ
माटो पानी, मुटु मन नशा प्राण बोक्छन् नमारौँ
पुस्तौ पुस्ता, अमरपुरको स्वप्न साकार पारौं ।।१०।।

प्रतिक्रिया दिनुहोस्