१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय ५७

बिहीबार राति थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जना सङ्क्रमित थपिएका छन् ।

बाँकेका नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का‌४२ वर्षीया महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या  चार सय ५७ पुगेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्