१२ श्रावण २०८१, शनिबार
Logo

दलितको आगन

  • रुपा अर्याल ,

शिर ठाडो पारेर बराबर भन्ने दिन आउलाकी भनियो
तर कहिल्यै आएन
काम गरेर एउटै दाम कमाउला भन्ने दिन आउलाकी भनियो
तर, त्यो दिन कहिल्यै आएन
थुन्चे बोकेर अब त गाउ बेसी जान्न नी भनियो
तर चुलो बल्ने छाट काटै छैन
पानी पधेरोमा अब त आखा तर्दैनन् की भनियो
तर त्यो पनि जिँउका तिउ नै छ ।
मेरा बाउले यस्तै यस्तै गुनासो गर्छन्
बर्ग संघर्ष सफल भए झै लागेन भनेर

कानुनले मुख त बन्द गरायो
तर सोच ,अपसोच परिबर्तन नै भएन
मैले कल्पना गरेको मेरो सिंगो समाज
सपना मै सिमित रह्यो ।

न्याय दिने कानुनले नै मरो सिंगो जातीलाई
अन्याय गर्यो की झै लाग्छ ,
मार्कसिटको नम्बर हेरिदैन सिधै कोटामा पर्छौ
त्यही अनुसार गर भन्छ ।
मेरा बाले बर्षौ घन ठोकेको पसिना यहा
समानताको नाममा स्वाहा पारियो
म सक्षम हुदा हुदै पनि
बर्षौ कोटेको बिल्ला भिर्न बाध्य हुनु पर्ने
उनका झै मेरो पनि उही शरिर उस्तै रगत ,
तर उस्को न्यायको कठघरामा म दलित , उ….
मेरी बहिनीले मन गाठो पार्दै भन्छिन्
बिभेदको अन्त्य कहिले हुन्छ ।

हो, म नजन्मदै बर्ग बिभाजनमा परेको मान्छे,
डर लाग्दा बिभेदको पहाडमा हुर्केको मान्छे
तर लाग्दैन बर्ग बिभाजनले मलाई दलित बनायो
बनायौ त केबल तिम्रा सामान्ती संस्कारले
त्यसैले त अब म तिम्रा बिभेदका पहाड भत्काउने छु
अनि , नया आउने पिडीलाई
हाम्रो बर्गको सुन्दर परिभाषा दिने छु ।

Shivapuri rural municipality awareness message jalapanews


प्रकाशित मिती ः २०७ ७ जेठ ८

प्रतिक्रिया दिनुहोस्