१२ श्रावण २०८१, शनिबार
Logo

उपत्यकामा ५ सहित २७ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या चार सय पुगेकाे छ । 

पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार उपत्यकामा पाँच जनासहित २७ जनामा कोरोना पुष्टि भएकाे हाे । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार काठमाण्डाैमा तीन जना, ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै झापामा नाै, कपिलवस्तुमा चार, सलार्ही दुई, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, लमजुङ, सिन्धुली र नवलपरासीमा एक/एक गरी जम्मा २७ जनामा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

आज २४ जना पुरुष र तीन जना महिलामा कोरोना पुष्टि भएको हो । उनीहरु सबैको परीक्षणमा आएका व्यक्तिको खोजी सुरु भएको पनि प्रवक्ता देवकोटाको भनाइ छ ।

सङ्क्रमितमध्ये अहिलेसम्म ३६ जना उपचारपछि निकाे भएर घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमण देखिएको जिल्लाको सङ्ख्या ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्