१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट पत्रकार महासंघको पहलमा ९५ जना पत्रकारहरुको कोरोना बीमा

आइतबार नुवाकोट पत्रकार माहासंघले कोरोना भाइरसको जोखिम पुर्ण अबस्थामा काम गरिरहेका ९५ जना पत्रकारहरुको सामुहिक बिमा जारी गरेको छ ।
कोभिड–१९ (कोरोना भाइरस)को बिश्वब्यापी माहामारी नेपालमा पनि बढ्दै गइरहेको र पत्रकारहरुमा पनि संक्रमण देखिन थाले पछि नेपाल पत्रकार माहासंघ नुवाकोटका सदस्यहरु तथा जिल्लामा कृयाशिल पत्रकारहरुको बिमा जारी गरेको हो ।

बिमित पत्रकाहरुको एक एक लाखको बिमा भएको छ । नेपालमा कोरोना संक्रमणको दर बढ्दै गइरहेकाले पत्रकारहरुमा केही राहात महशुस गराउन बिमा गरिएको नेपाल पत्रकार माहासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनालले बताउनु भयो ।


कोरोना बीमाका लागि विदुर नगरपालिका र रुडेक नेपाल नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको छ । प्रति व्यक्ति छ सय रुपैयाँका दरले विदुर नगरपालिकाले ७० जना पत्रकारको र रुडेक नेपालले २५ जना पत्रकारको शुल्क तिरेको छ । उक्त बीमा अनुसार कुनै पत्रकार कोरोना भाइरसबाट संक्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्