काला पानी दुखेको बेला आयौ
मिन कुमार केसी
कोरना आउन त आयौ , काला पानी दुखेको बेला आयौ
दलहरु एउटै भए पनि मनहरु फुटेको बेला आयौ
उत्तरमा जन्मेर पातालमा घुमेर दक्षिण दिसाबाट आयौ,
हवाई जहाजमा आयौ ।
एति बेला सडकमा बुर्लुल्क उफ्रेर पनि हुने वाला छैन,
जसलाई भरोसा गरेर मत त मन दान दिएका छौं
उनकै भरोसा पर्नु बाहेक उपाय पनि छैन नी,
कालको साथी तिमी कोरना हामी गोर्खालीहरुसंग लडदैछौ
बिर बलभद्रको देशमा आयौ ,
गौडौ थुनेर, अरिगांल छोडेर तिमिलाई डाडाँ कटाउने छौ ,
हामी सबै नेपाली मिलेर, हातमा हात मिलाएर
घर नै जहिले सुन्दर स्वर्ग, आरामको खानी,
घर भित्र नै बसौ ,जावोस् दुई चार महिनाको जवानी,
बाँचे धन कमाउँला, फेरी रमाउला , हिजो हिडेकै बाटो सबैले समाउला
कोरना, बुद्धको देशलाई अशान्ती नपार
शिबको पुण्यभुमीलाई खण्डहर नपार
हामी, नेपाली जति कर कर गरे पनि
आखिर मिली हाल्छौ, कालापानी खाउला भनि आस नगर
प्रतिक्रिया दिनुहोस्