१२ श्रावण २०८१, शनिबार
Logo

सिमानामा भारतले नेपालको भुभाग मिचेको बिरोधमा पंचकन्यामा नारा बाजी र राके जुलुस

सिमानामा भारतले नेपालको भुभाग मिचेको बिरोधमा स्थानियहरुले आफ्नै गाउ ठाउबाटै दवाब सिर्जना गर्न थालेका छन् ।
सोमबार नुवाकोटको पंचकन्या गाउपालीका १ मा स्थानियले भारतको बिरोधमा नारा बाजी गर्र्दै राके जुलुस गरेका छन् ।
नेपाललाई थाहै नदिई एक तर्फीरुपमा नेपाली जमिन कब्जागरी प्रयोगमा ल्याएको बिरोधमा नारा जुलुस गरको स्थानिय भगवान पौडेलले बताउनु भयो ।
हातमा स्थानियहरुले जुलुसमा भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो, कालापानी हाम्रै हो, भारतीय विस्तारवाद–मुर्दावाद, भारतीय सेना कालापानी छोड, सीमा अतिक्रमण–बन्द गर, लगाएतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

अतिक्रमण गरिएको नेपाली भुमी नेपाललाई फिर्ता नभए सम्म बिरोधका कार्यक्रम शिलशिलाबद्ध रुपमा गरिने सचेत नागरिक पञ्चकन्या १ नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्