१२ श्रावण २०८१, शनिबार
Logo

अब तपाईँ आफै थाहा पाउनुहोस् प्रचण्डको हैसियत ।

काभ्रेको तमाङ चेलि समाबेशी कोटाका सभासद नबिना लामालाई नुवाकोटको युबा रेशम बस्नेतको नमस्कार ,
पहिला तपाई आफ्नो जिल्लाका तमाङ समुदायलाई सोध्नुहोस, हिजो तत्कालीन तानाशाहीले कत्तिको थिचोमिचो गरेको थियो , मैना सुनारको परिवारलाई गएर सोध्नुहोस तानाशाहले के गरेको थियो ? जब देशमा तानाशाहीहरुको थिचमिचो थियो । विभिन्न जात, धर्म, पेशा, वर्ण र समुदायका मानिसहरुमाथि विभेद थियो । देशमा अन्याय अत्याचार थियो । त्यो सबै सहन नसकेर प्रचण्डले संविधानसभाको कुरा गरे, राजतन्त्र अन्त्यको कुरा गरे, समानुपातिक, समावेशी, धर्म निरपेक्षता एजेण्डा उठाए । जसका निम्ति हजारौ शहीदहरुको बलिदानी हुनपर्यो । त्यतिखेर तपाईको ’बा’ केपी ओलीले गुलेली खेलाएर नयाँ संबिधान बन्दैन भन्नुभएको हो । तर जे खेलाएर भएपनि नयाँ संविधान बनेरै छाड्यो । अब तपाईँलाई, यस्तो समावेशी नयाँ संविधानको अन्तिम सम्म बिरोधी को थियो, त्यो भनिरहनु परेन । अब तपाईँ आफै थाहा पाउनुहोस् प्रचण्डको हैसियत ।

गुण्डा नाईके गणेश लामा छुटाउन जाने तपाईँको हैसियत चाँही के हो नबिना लामाजी ? कहाँबाट चुनाव लड्नुभएको हो ? कति मत लिएर जित्नुभएको हो ? संसदमा कसरी छिर्नु भएको हो ? म यस्तो प्रश्न तपाईलाई गर्दिन । म यहाँ प्रश्न गर्न उपस्थित भएको हैन । जम्मा जम्मी तपाईँ सांसद जस्तो मान्छेलाई पनि प्रचण्डको हैसियत थाहा नभएका कारण बुझाउन आएको हो । बुझे बुझ्न प्रचण्ड’ले गणतन्त्रको संखघोष गरेर जनतालाई युद्ध र आन्दोलनका लागि सार्वजनिक आह्वान गरेका थिए, ठीक त्यतिखेर हालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्दै गणतन्त्रको बिरोधमा दैनिकजसो भाषणबाजी गर्थे । गणतन्त्र बिरोधीहरुसँग चोचोमोचो मिलाउँदै आफूहरुलाई कम्युनिस्ट भन्ने तर व्यवहारमा बिग्रेका पञ्चायती मण्डले भन्दा नि गुज्रिएको अभिव्यक्ति दिने तपाई ?

रेशम बस्नेत , नुवाकोट

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्