१२ श्रावण २०८१, शनिबार
Logo

सुरक्षाकर्मीलाई हाेमियाेप्याथिक सुरक्षा कवच, काेराेना भाइरस महामारी विरूद्ध वैकल्पिक उपचार

धरान – काेराेना विरूद्धकाे लडाईमा अग्रपंतिमा रहेर लडिरहेका सुरक्षाकर्मीहरूलाई काेराेनाबाट बचाउनका लागि नेपालका हाेमियाप्याेथिक संघ/संस्थाहरूद्वारा काठमाडाैँ महानगरिय प्रमुख विश्वराज पाेखरेललाइ हाेमियाेप्याथिक औषधी हस्तान्तरण गरिएकाे छ।

आज आइतबार २०० जनालाई पुग्ने आर्सेनिक एल्बम थर्टी सि (Arsenic Album 30C) नामक हाेमियाेप्याथिक औषधी हस्तान्तरण गरिएकाे हाे। काठमाडाैँमा रहेका सबै सुरक्षाकर्मीहरूलाई पुग्ने गरी साे औषधी उपलब्ध गराइने औषधी हस्तान्तरण कार्यक्रममा उपस्थित डा. राेज प्रजापतिले जानकारी दिए। अखिल नेपाल हाेमियाेप्याथिक एसाेशिएसन,  हाेमियाेप्याथिक चिकित्सक संघ, नेपाल हाेमियाेप्याथिक हेल्थ अर्गनाइजेशन, हाेमियाेप्याथिक फाउण्डेशन नेपाल, भक्तपुर हाेमियाेप्याथिक मेडिकल कलेज, एसियन हाेमियाेप्याथिक मेडिकल लिग गरी नेपालका सबै हाेमियाेप्याथिक संघ/संस्थाहरूले संयुक्त रूपमा औषधी उपलब्ध गराउने डा. प्रजापतिले जानकारी दिएका छन्। 

त्यस्तै अर्का हाेमियाेप्याथिक डाक्टर अम्बिका ज्ञवालीले आर्सेनिक एल्बम थर्टी सि औषधी बिहान खाली पेटमा २ गाेली तिन दिन सम्म खानुपर्ने र त्यसपछि हप्तामा २ गाेली १ महिना सम्म खाए काेराेनाबाट बच्न सकिने बताए। शरीरकाे राेगसँग लड्ने प्रतिराेधात्मक शक्ति बढाई राेग लाग्न नदिने भएकाले राेग फैलन नदिई काेराेना राेग नियन्त्रणमा आर्सेनिक एल्बम थर्टी सि (Arsenic Album 30C) काेसेढुङ्गा साबित हुने उनले बताए। त्यसैगरी डा. सुरेन्द्र श्रेष्ठले विश्वका कतिपय मुलुकले कोरोनासँग लड्नका लागि आयुर्वेद, हाेमियाेप्याथिक तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिलाई अंगिकार गरेको र सफल हुँदै गएको पाइएकाे बताए।

Shivapuri rural municipality awareness message jalapanews

नेपाल सरकारले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागकाे ‘Ayurveda and Alternative Medicine Guidelines for Preventive Measures and Management Protocal for Covid-19 in Nepal’ लाइ स्वीकृति दिएकाे छ। साेही अनुरूप आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले प्राेटाेकल कार्यान्वयनका लागी सबै प्रदेशका सामाजिक विकास मन्त्रालयमा पत्रचार गरिसकेकाे विभागका महानिर्देशक बासुदेव उपाध्यायले जानकारी दिए।  

नेपालकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकाे आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ‘Ayurveda and Alternative Medicine Guidelines for Preventive Measures and Management Protocal for Covid-19 in Nepal’ मा दिइएकाे Homeopathic Preventive Protocal अनुसार Arsenic Album 30C लाइ मान्यता दिई सेवन गर्ने तरिका समेत उल्लेख गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्