समस्यामा परेका मजदुरलाई नुुवाकोट ट्रेड युनियनको सहयोग
बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा लकडाउनका कारण मजदुरी गर्ने अबस्थाबाट समेत बञ्चित भई समस्यामा परेका मजदुरहरुलाई सहयोग उपलब्ध गराएको छ । नुुवाकोट ट्रेड युनियनका अध्यक्ष शिव देबकोटाका अनुसार शुक्रबार बिदुर नगरपालीका वडा नं २ शेरामा कामको शिलशिलामा आएर अलपत्र परेका मजदुरहरुलाई खाद्यन्न उपलब्ध गराएको गराएको हो ।
नुवाकोट उद्योग बाणिज्य संघकी बरिष्ठ उपाध्यक्ष गीता अमात्यको समन्वयमा सेरामा रहेका तीन परिवारलाई प्रति परिवार एक–एक बोरा चामल सहित नुन, तेल, मस्यौरा, दाल, मास्क र बालिकाहरुलाई कपडा समेत उपलब्ध गराईएको नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका उपाध्यक्ष जनार्दन सिलवालले जानकारी दिएका छन् । युनियनले लकडाउन पछि निरन्तर समस्यामा परेका श्रमिकहरुलाई सहयोग गर्दे आएको र आगामी दिनमा पनि यो कामलाई निरन्तरता दिईने जिल्ला अध्यक्ष शिव देबकोटाले बताए ।
यसैबिच श्रमिकका समस्याहरुको समाधानका लागि बिशेष कार्यक्रम ल्याउन माग गर्दे शुक्रवार नै ईमेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाईएको नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्