२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

काठमाडौ नुवाकोट भित्रेका १८ सय मध्ये ११ सय मात्र एकान्तबासमा , बाकी नागरिक खुलेआम डुल्दै ,

सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि अलपत्र नागरिकहरुको उद्धार गरी आफ्नो थाकथलो ल्याइने काम भैरहेको छ ।
सांसद तथा पालीकाका जनप्रतिनिधीहरुले बसको ब्याबस्था गरी गाउमा आफ्ना आफना नागरिक भित्र्याउने काम गरिरहेका छन् । लक डाउनको समय थपिदै जानु र खान बस्न समस्या भए पछि नुवाकोटका सबै स्थानिय तहमा रातारात गाडीको व्यवस्था गरी नागरिक भित्र्याइएको हो । नुवाकोटमा पछिल्ला ४ दिनमा करिब एक हजार आठ सय नागरिक भित्रिएका छन् । आप्mनो गाउमा जोखिमको समयमा आउन पाएकोमा नागरिकहरु हर्षित छन् ।


तर यो बेला गाउँघरमा पुगेकाहरुले स्वास्थ्य परीक्षण तथा क्वरेटाइनमा बस्नुपर्ने नियम पालना नगर्दा सङ्क्रमणको जोखिम बढेको छ । नुवाकोटमा करिब ५० वटा बसमा काठमाडौ लगाएतका जिल्लामा अलपत्र परेका १ हजार ८ सय नागरिक भित्रीए सगै जनतामा त्रास उत्पन्न भएको छ ।
बाह्य जिल्लाबाट आउनेहरुले क्वारेन्टाइनमा बस्नु पर्ने भए पनि होम क्वारेन्टाइनले प्रभावकारीता पाउन सकेको छैन । भने पालीकाको क्वारेन्टाइन बेड सबै खाली रहेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटले सोमबार तयार गरेको प्रतिवेदनमा एक हजार एक सय ७७ जना होम क्वारेन्टाइनमा बसेको जनाएको छ । यो तथ्यांक अनुसार नुवाकोटमा पछिल्लो ४ दिनमा १ हजार ८ सय नागरिक नुवाकोट आएकोमा अझै करिब ७ सय नागरिक खुलेआम डुलीरहेका छन् ।
नुवाकोटका १२ वटा स्थानिय तहमा २७२ वटा क्वारेन्टाइन रहे पनि सोमबार सम्ममा तारकेश्वरमा २ जना र बेल्कोट गढीमा १ जना गरि जम्मा ३ जना पालीकाको क्वारेन्टाइमा रहेका छन ्।


स्वास्थ्य जाँच गर्न, क्वरेण्टीनमा बस्न र घरमै बसेपनि सुरक्षित बस्न सुझाव दिएपनि पालना नगर्दा समस्या परेको हो ।
गाउँघर जानेहरुको स्वास्थ्य अवस्था र हुलमुलका कारण हुने कोरोना सङ्क्रमणको जोखिम अहिलेको मुख्य चुनौती रहेको सरोकारवालाहरु बताउछन् । चोक चोकमा भेला भएर, समूह समूह बनेर गाडीमा कोचाकोच गरी यात्रा गर्दा सङ्क्रमण फैलिन सक्ने जोखिमतर्फ कसैको ध्यान जान सकेको छैन । समाज सेवाको नाममा चुनावी तयारी गरिरहेको आरोप लागीरहेको छ ।
यात्रा गर्नेहरुले पनि मास्कको प्रयोग बिना भिडभाड पुर्ण यात्रा गरिरहेका छन् ।
उच्च अनुशासनको पालना गरी पालिकाले बनाएका क्वरेन्टाइन वा होम क्वरेन्टाइमानमा बिधी पुर्वक रहेमा मात्र माहामारीबाट बच्न सकिने छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्