१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

लकडाउनका कारण समस्यामा परेका नुवाकाटका नागरिकलाई नेकपा नुवाकोटले घरघरमा पुर्याउने

कोरोना रोकथाम तथा नियन्त्रणको लागी भएको लकडाउनको समस्यामा परेका नुवाकाटका नागरिकलाई नेकपा नुवाकोटले घरघरमा पुर्याउने भएको छ ।
नेकपा नुवाकोटले समस्यामा रहेका मजदुर, बिद्यार्थी तथा घर आउन चाहानेलाई नुवाकोट ल्याउन लागीएको नेकपा नुवाकोट अध्यक्ष हिरानाथ खतिवडाले बताउनु भयो ।

नेता खतिवडाका अनुसार तारकेश्वर, बिदुर, किस्पाङ म्यागङका नागरिकहरुलाई सर्् बस रिजर्भ गरी बालाजु, माछापोखरीबाट नुवाकोट ल्याउन लागीएको हो । उहाले नुवाकोटका सबै स्थानिय तहले बनाएको क्वारेन्टाइनमा राखिने र तिब्र परिक्षणको समेत ब्याबस्था मिलाइने हुदा सबैलाई नआत्तिन आग्रह गर्नु भएको छ । उहाले नुवाकाटका अलपत्र नागरिकको समस्यालाई बुझेर नै घर फर्काउन लागेको समेत बताउनु भयो । नेता खतिवडाले बिदुर तारकेश्वर , किस्पाङ म्यागङका नागरिकले हिरानाथ खतिवडाको मोबाइल नम्बर ९८५११५८२००, र रामकृष्ण बानियालाई ९८५१०२९३९८ सम्पर्क गर्न अनुरोध गर्न भएको छ ।
त्यस्तै काठमाडौमा रहनु भएका र दैनिक गुजारा चलाउन समस्या भएकाहरुले नुवाकोट आउन चाहनेलेलाई अर्का सांसद बद्रि मैनालीले पनि सहजिकरण गर्दै हुनुहुन्छ । साथै गाउँँ जाने ब्यक्ती हरुले स्वास्थ मन्त्रालयले जारी गरेको अाचार संहिता पालान गरि ,अनिवार्य रुपमा तीन हप्ता हाेम क्वारेन्टाइन बस्नुपर्नेछ ।
उहाले समस्यामा रहेका हरुले बद्री मैनाली ९८५१०२५७६७ , बिन्दा ढुङगाना ९८५१२३१०३३, ९८५१०७००२१ पुष्प लामिछाने ,इमानसिंह लामा ९८४३६२९०९९ , राजेन्द्र रिजाल ९८५१०५१९८६ ,पुरुषोतम अधिकारी ९८५११६२२३६, पुरुषोतम प्याकुरेल ९८४१३०४७५७ , दिपेश भेटुवाल ९८५१०५६३५४ उतम तिमिल्सिना ९८५११५४४१२ , किरण रिजाल ९८५१०६३४००, दिपक कार्की ९८६१७४१२५८ दिपक खनाल ९८५१२२२५९९ मा सम्पर्क गर्न नेता बद्रि मैनालीले आग्रह गर्नु भएको छ ।

लामो समयदेखी जारी लकडाउनबाट प्रभावित भएका र जो जाहा छ त्यही बस्नु भनिए पनि आफन्तको अभावमा नागरिकमा झन् त्रास उत्पन्न भएको भन्दै यो कार्यलाई सकारात्मक रुपमा ग्रहण गर्न नेकपा नुवाकोटले सरोकारवालाहरुलाई आग्रह गरेहको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्