१२ श्रावण २०८१, शनिबार
Logo

लिखु र पंचकन्या गाउपालीकाका समाजसेवीद्धारा देबिघाटमा रहेको जेष्ठ नागरिक केन्द्रलाई हरियो तरकरी र अण्डा सहयोग

शनिबार नुवाकोट जिल्लाका लिखु र पंचकन्या गाउपालीकाका ४ जना समाजसेवीहरुले बिदुर नगरपालीका वडा नं ५ मा रहेको देबिघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई हरियो तरकारी उपलब्ध गराएका छन् ।
कोरोना भाइरसको संक्रमण,नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण आश्रममा बसेका जेष्ठ नागरिक, असाहाय तथा अशक्तहरुमा तरकारीको अभाबलाई कम गर्न हरियो तरकारीको ब्याबस्था मिलाएको पंचकन्या १ का समाजसेवी भगवान पौडेलले बताउनु भयो । समाजसेवी पौडेलले आश्रममा रहेका जेष्ठनागरिकहरुको लागी ४ बक्सा अण्डा समेत उपलब्ध गराएको बताउनु भएको छ ।

गत मंगलबार खाद्यन्न बोकेर पुगेका समाजसेवीहरुलाई अध्यक्ष बिष्णु प्रसाद नेपालले आश्रममा तरकारी अभाव रहेको जानकारी गराउनु भएको थियो । सोही अनुरुप लिखु र पंचकन्यामा उत्पादन भएका तरकारी बोकेर आश्रम पुगेको लिखु ४ का समाज सेवी रामचन्द्र अगस्तीले बताउनु भयो ।

पंचकन्या गाउपालीकाका भगवान पौडेल,जिवन श्रेष्ठ, शिशिर मिश्र, लिखु गाउपालीका ४ का रामचन्द्र अगस्ती सहिदको टोलीले गाउमा उत्पादन भएको बन्दागोभि, भेन्टा, फर्सी , भिडेखुर्सानी, आलु,प्याज, लौका, संकलन गरेर सहयोग गरेको जानकारी दिएको छ । लिखु गाउपालीका र पंचकन्या गाउपालीकाका कृषकहरुले आश्रममा रहेका जेष्ठनागरिकहरुलाइ आफुले उत्पादन गरेको हरियो तरकार्री सहयोग गरेका हुन् ।
गत मंगलबार समाजसेवी जिबन श्रेष्ठ, शिशिर मिश्र सहिदको ६ जनाको टोलीले २१ हजारबराबरको खाद्यन्न आश्रमको लागी हस्तान्तरण गरेका थिए । त्यस्तै पिपलटारमा २२ दिन देखी अलपत्र नेपालटेलीकमको अप्टिकल फाइबरको काम गर्ने १२ मजदुरहरुलाई समेत सोहीटोलीले खाद्यन्न सहयोग गरेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्