७ माघ २०८१, सोमबार
Logo

नुवाकोटमा २ सय ८७ जनाको कोरोना तिब्र परिक्षणमा सबैको रिपोट नेगेटिभ

विश्वव्यापी महामारीको रुपमा लिएको कोरोना भाईरसको संक्रमण पहिचानका लागि नुवाकोटमा भारत लगाएतका देशबाट आउनेहरुको पहिलो चरणको तिब्र परिक्षण सकिएको छ ।


जिल्ला स्वास्थ्य कार्यलय नुवाकोट चिकित्सकको टोली सहित जिल्लाको १३ स्थानमा पुगेर तिब्र परिक्षण गरेको हो । जिल्ला स्वास्थ्य कार्यलयका जनार्दन शिलवालका अनुसार २ सय ८७ जनाको तिब्र परिक्षण गरेकोमा सबैको रिपोट नेगेटिभ आएको छ ।
हाल नुवाकोटमा स्थानिय तहले बनाएको एकान्तबासमा ४ जना रहेका छन् । ४८ जना होम क्वारेन्टाइनमा छन् ।


त्रिशुली अस्पतालमा १, तादी स्वास्थ्य केन्द्रमा १, त्रिशूलीस्थित सरकारी क्वारेन्टाइमा १४, वेलकोटगढी नगरपालिकामा ५४, तारकेश्वरमा ७९, दुप्चेश्वरमा १०, तादीमा १३, किस्पाङमा १५, पन्चकन्यामा १२, शिवपुरीमा २५, ककनीमा १०, लिखुमा १९, सुर्यगढीमा ११ र म्यागङगाउपालीकामा २३ जनाको ¥तिब्र परिक्षण सकिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । सबैको रिपोट नेगेटिभ आएको छ ।


जिल्ला भरबाट ३१ जनाको स्वाव संकलन गरि परिक्षणका लागि जनस्वस्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्