१२ श्रावण २०८१, शनिबार
Logo

घरघर मै सामाजिक सुरक्षा भत्ता

विदुर नगरपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।
बिदुर नगरपालीका वडा नं ४ ले बिहीबार वडा नं ४ मा२ सय ४५ जना रहेकोमा १ सय १३ जनालाई आजै सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ ।
कोरोना नियन्त्रण तथा जोखिम न्युनीकरणको लागी नेपाल सरकारले गरेको डक डाउन र जिल्ला प्रशासन कार्यलय नुवाकोटले जारी गरेको निषेधाज्ञा समयमा सामाजिक सुरक्षा भत्ता लिन सहज होस भनेर घर दैलो अभियान सुरु गरिएको अध्यक्ष टलकमान श्रेष्ठले बताउनु भयो ।
जेष्ठ नागरिक ,एकल महिला, असाहय तथा दलित समुदायका बालबालिकाहरु संकटको अबस्थामा सहज बनाउन घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको विदुर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्