२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

हामी किनाराका मान्छेहरु

राजकुमार अर्याल “पुत्ला”

नागरिकता भएर पनि
अनागरिक तुल्य भएका छन

देश भएर पनि
परदेशी तुल्य भएका छन
महाकाली किनाराका मान्छेहरु

म भोक बिरुद्द लड्न
परदेश गएको हु।
म रोगबाट बच्न आफ्नै देश फर्केको हु ।
मलाइ मेरो गाउँ त परै छोडु
मेरो देश सम्म फर्कने अधिकार छैन ।
किन ? किन ? किन?
मेरो रेमिटेन्स खनखनी गनेर
बजेट भाषण गर्ने सरकार
कहाँ होला यतिखेर ?
म दशगजामा अडकेको छु ।
म महाकाली किनारामा बल्झेको छु ।
म आफ्नै ज्यानको मायाले फर्केको हु ।
म परिवारको मायाले फर्केको हु ।
शत्य शत्य धरोधर्म
फिलहाल मलाइ
देशको माया फिटिक्कै छैन
किनकी
म भोकै रोइरहेको दारुण तस्बिर
आफ्नै देशवाशिले खिच्दै खिचेन ।
देख्दै देखेन ।
आफ्नै देशमा बाच्न नसकेर
बिदेश पलायन भएको मलाइ
आफ्नै माटो मा मर्ने
अन्तिम इच्छा पनि पुरा नगर्ने देशलाइ
एकहोरो माया कसरी गर्नु ।
माया त दोहोरो हुनु पर्ने हैन र ?
कोरोना कहरले लडदै भाग्दै आएका
म सहित हामी किनाराका मान्छेहरु ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्