लिखुका सडकमा स्थानिय युवाहरुले किटनाशक औषधी छर्के

लिखु गाउँपालिका वडा नम्बर ४ का युवाहरुले किटनाशक औषधी छर्कन शुरुआत गरेका छन ।
स्थानियि युवाको टोलीले शुक्रबार लिखु गाउपालीकाको वडा नम्बर ४ को तल्लो बगैचा, माथिल्लो बगैचा, क्षेत्रपाल मावि,तल्लो बजार, वडा नम्बर ४ को वडा कार्यालय र स्वास्थ्य चौकीसम्म औषधी छर्केको छ ।

मानिसको बढी भीडभाड हुने स्थलमा कोरोना भाइरस (भिड–१९) को उच्च जोखिम रहने हुदा संक्रमण न्यूनीकरण गर्न किटनाशक औषधी छर्कन शुरु गरेको स्थानिय एक युवा रामचन्द्र अगस्तीले जानकारी दिनु भयो । उहाले पहिलो चरणमा ३० पम्प किटनासक औषधी छर्केको बताउनु भयो ।
अन्य ठाउमा पनि आवश्यकता अनुसार खरीद गरी मुख्य÷मुख्य स्थानमा किटनासक औषधी छरिने अगस्तीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्