१२ श्रावण २०८१, शनिबार
Logo

कोरोनाबारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द

कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको  प्रेस काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस्