१२ श्रावण २०८१, शनिबार
Logo

कोरोना ; अझै अटेरी गर्दैछन् स्थानिय

बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको नेपालमा नियन्त्रणको निम्ती लकडाउनको पहिलो दिन नुवाकोट प्रशासन खरो रुपमा उत्रीएको छ ।


बिहानै देखि सदरमुकाम बिदुर बट्टार ढं्रुगे त्रिशुली लगाएतका स्थानमा प्रहरी प्रमुखहरु आफै सडकमा उत्रिएर सुरक्षित राख्न कोषिश गरि रहेका छन् ।

सार्वजनिक यातायातका साधन संचालन भएका छैनन् । फाट्ट फुट्ट मालबाहक सवारी साधन भने संचालन भैरहेको छ ।


नुवाकोट प्रहरी प्रशासन लक डाउनलाई सफल बनाउन सक्दो कोशिष गरिरहेको छ । तर मोटरसाइल चालकहरुले भने अटेर गरि रहेका छन् । मोटर साइकल चालक तथा निजी सवारी साधन नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परि रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews


सरकारले मंगलबार बिहान देखी लक डाउनको घोषणा गरे पछि पनि स्थानिय नै अटेरी गरि रहेका छन् । अतिआबश्यक काम बाहेकका काममा घर बाहिर ननिस्कनु भनिएको छ । तर बिदुरको भित्रि सडकहरुमा भने स्थानिय भेला भएर गफमा मख्ख देखिन्छन् । सरकारको निर्देशन र प्रहरीको सक्रियातालाई स्थानियहरु नै चुनौति दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्