१२ श्रावण २०८१, शनिबार
Logo

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित)

कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । 

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले कान्तिपुरलाई बताए।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्