२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

भारतीय सीमाबाट भित्रने नेपालीहरु अनिवार्य ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने

गृहमन्त्रालयले भारतीय सीमा हुँदै नेपाल आउने सबै नेपालीलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने गरी व्यवस्था मिलाउन र बसे नबसेको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई आन्तरिक परिपत्र जारी गरेको छ । 

त्यसरी नेपाल आउने मानिसहरुलाई निगरानी गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि आइतबारै निर्देशन दिएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले रातोपाटीलाई जानकारी दिए ।  ‘आइतबार प्रमुख जिल्ला अधिकारी,नेपाल प्रहरीर सशस्त्र प्रहरीलाई परिपत्र भैसकेको छ । कोरोनाको सम्भावित जोखिम न्यूनिकरणगर्न यस्तो निर्देशन दिइएको हो’, प्रवक्ता शर्माको भनाई छ । 

गृहमन्त्रालयको यो परिपत्रसँगै अबदेखि सीमाबाट भित्रिएका नेपालीहरुको विवरण राख्ने जिम्मा जिल्ला प्रशासन कार्यलय र प्रहरीको हुनेछ । सीमाबाट भित्रिएका नेपाली ‘सेल्फ क्वारेन्टाइन’मा बसेनबसेको नियमित अनुगमन समेत स्थानीय प्रशासनले गर्नेछ । भारततर्फबाट नेपाल आउने नेपालीहरु सेल्फ क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएपछि यस्तो निर्णय गर्नुपरेको गृहमन्त्रालयले जनाएको छ । रातोपाटीबाट
 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्