२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

कोरोना रोकथामको लागी नुवाकोटको १० ठाउमा हेल्थ डेस्क संचालनमा

कोरोना रोकथाम को लागी यति खेर नुवाकोट जिल्लामा सुदाय प्रहरी साझेदारी कार्यक्रम ,स्थानिय निकाय तथा स्वास्थ्य संस्थाहरुसंगको सहकार्यमा जिल्लाको १० ठाउमा हेल्थ डेस्क संचालनमा ल्याएको छ ।
कोरोना भाईरस (कोभिड(१९) को सङ्क्रमणबाट नुवाकोट जिल्लालाई सुरक्षित राख्ने उद्देश्यले हेल्थ डेस्क संचालनमा ल्याइएको हो ।

सञ्चालनमा रहेको हेल्थ डेस्कहरु नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालीका वडा नं.५ को कोल्पुटार, शिबपुरी गाउपालीका वडा नं.६को गुर्जेभन्ज्याङमा रहेको छ । सञ्चालित हेल्थ डेस्कहरुले नुवाकोट जिल्लामा प्रबेश गर्ने सम्पुर्ण यात्रुबाहक तथा मालबाहाक सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुको अनिबार्य रुपमा स्वास्थ्य परिक्षण गर्ने छ । हेल्थ डेस्कमा २४(चौबिसै) घण्टा स्वास्थ्यकर्मीहरु र प्रहरी कर्मचारीहरुको संयुक्त टोली उपस्थीत रहने व्यबस्था मिलाईएको छ ।

त्यस्तै बिहान १० बजे देखी दिउसो ४ बजेसम्म सञ्चालनमा रही कोरोना भाईरस( कोभिड(१९)को बिरुद्दमा सचेतना एंव स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ पञ्चकन्या गाउपालीका वडा नं ५ को बुडिसेरा, १ को बानियाटार र २ को फुलबारिमा हेल्थ डेस्क संचालनमा रहेको छ ।
त्यस्तै ,बेलकोटगढीनगरपालीका वडा नं ९को बाघखोर, बिदुर नगरपालीका वडा न ४ र ९ मा , किस्पाङ गाउपालीका वडा नं ३ को काहुलेमा र २ को सातदोबाटेमा हेल्थ डेस्क संचालन भैरहेको नुवाकोट प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारीदिनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्