१२ श्रावण २०८१, शनिबार
Logo

४१ नाकामा सेनासहितको हेल्थ डेस्क

नेपाली सेनासहितको हेल्थ डेस्कले भारत र चीनबाट नेपाल प्रवेश गर्ने ४१ नाकामा स्वास्थ्य जाँच र निगरानी सुरु गरेको छ। सीमा नाकाबाट स्वदेश फर्किने व्यक्तिमा कोरोना संक्रमणको लक्षण जाँच गर्न राखिएका डेस्कमा सेनासहितको स्वास्थ्य टोली खटिएको हो। 

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार सरकारले सञ्चालन गरेको हेल्थ डेस्कमा सघाउन सेनाले ४१ नाकामा स्वास्थ्यकर्मीसहितको टोली खटाएको हो।  

सेनाले हरेक नाकाको हेल्थ डेस्कको अपडेटबारे थाहा पाउनेगरी एप्ससमेत बनाइरहेको पाण्डेले बताएका छन्। उनले एप्स परीक्षणको क्रममा रहेको प्रष्ट पारे।  ‘हेल्थ डेस्कको अपडेटका लागि एप्स बनाइरहेका छौँ’, प्रवक्ता पाण्डेले भने, ‘एप्सबाट सबैतिरका स्वास्थ्यकर्मीको अवस्था जानकारी लिन सहयोग गर्नेछ।’

भारतमा कोरोना संक्रमण फैलिएपछि सीमा नाकामा स्वदेश फर्किनेको भिड लागेको छ। अहिलेसम्म चीनबाट नेपाल प्रवेश गर्ने नाकामा तीन र भारतबाट नेपाल प्रवेश गर्ने सीमामा ३८ वटा हेल्थ डेस्क राखिएको प्रवक्ता पाण्डेले बताए। आवश्यकता अनुसार हेल्थ डेस्क बढ्ने उनको प्रष्ट पारे। 

Shivapuri rural municipality awareness message jalapanews

कोरोना संक्रमण विश्वव्यापी बनेसँगै नेपाल सरकारले समेत चेकजाँच र स्वास्थ्य परीक्षणलाई विशेष प्राथमिकतामा राखेको छ। ठूला ठूला अस्पतालका ओपीडी सेवा बन्द गरेर सरकारले विशेष परीस्थितिमा मात्र अस्पताल जान आग्रह गरिसकेको छ।  वीरगञ्ज नाकाका तस्बिर क्रान्ति शाह​

प्रतिक्रिया दिनुहोस्