शनिबार केही ठाउँमा पानी पर्ने

शुक्रबार काठमाण्डौसहित पहाडी क्षेत्रमा हल्का पानी परेको छ ।
पहाडी क्षेत्रका केही ठाउँमा अहिले पनि मेघ गर्जनसहित पानी परिरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पहाडका केही क्षेत्रमा मेघ गर्जनसहित पानी परेको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार अहिले देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । शनिबार पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने अनुमान गरिएकाे छ ।
बिहानपख मौसम खुलेर घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । उज्यालोबाट
प्रतिक्रिया दिनुहोस्