१२ श्रावण २०८१, शनिबार
Logo

कोरोनाको आशंका गरिएका युवक अलपत्र: अस्पतालले भर्ना लिएन,

कोरोनाको संक्रमण भएको आशंका गरिएका एक बिरामीलाई अस्पतालले भर्ना लिन मानेन । बिरामी र उनको परिवार अलपत्र परेको छ ।

स्वास्थ्यकर्मीहरुले समेत बिरामीलाई छुन समेत मानेन् । एउटा मात्र नभएर चार वटा अस्पतालमा जाँदासमेत कसैले भर्ना लिगेनन् ।
तीन दिनअघि देखी खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने भएपछि ३५ वर्षीय ट्रक चालक युवक अस्पताल पुगेका थिए ।
सुरुमा परासीको एक क्लिनिक पुगे त्यहाँबाट उनलाई पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठायो । त्यो अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।
प्रादेशिक अस्पतालमा सामान्य चेकजाँच पछि त्यहाँका चिकित्सकले कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाएकोमा कोरोनाको लक्षण भन्दै काठमाडौं पठाएको थियो ।
तीन दिनसम्म अस्पताल खोज्दै हिँडेका आफन्तले बिरामीलाई कलंकीको एक निजी अस्पतालमा र्पुयाएका थिए ।

उक्त अस्पतालले टेकु अस्पताल पठाएपछि बिरामीका आफन्तले निको नहुने सोचले पुन हिजो परासी अस्पताल ल्याएका थिए ।

सरकारले हरेक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरेको जनाए पनि बिरामीलाई त्यहाँ राखेर निगरानी गर्नुको सट्टा गैर जिम्मेवार तरिकाले रिफर गर्दै गएको बिरामीको आफन्तले गुनासो गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

जिल्ला अस्पतालमा समेत चार वटा आईसोलेशन बेड स्थापना गरिए पनि उनलाई त्यहाँ नराखी रिफर गरिएको हो ।
संक्रमितको उपचारमा संलग्न हुँदा लगाउनु पर्ने कपडा र अन्य सामाग्री नभएकाले रोग सर्न सक्ने कारण देखाउँदै चिकित्सकले बिरामीलाई हेर्न नमानेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्